२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

चीनमा भूकम्प गएको १७ दिनपछि बेपत्ता व्यक्तिको जीवितै उद्धार



बेइजिङ । चीनमा भूकम्प गएको १७ दिनपछि एक व्यक्तिको जीवितै उद्दार भएको छ । विनाशकारी भूकम्पपछि पहाडमा बेपत्ता भएका चिनियाँ कामदारको १७ दिनपछि उद्धार गरिएको हो ।

यस महिनाको सुरुमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ९३ जनाको मृत्यु भएको थियो भने र हजारौंलाई अस्थायी शिविरमा पुनर्वास गरिएको छ ।

सिचुआनको वान्डोङ जलविद्युत योजनामा कार्यरत ग्यान युलाई एक स्थानीय गाउँले जीवितै फेला परेका थिए ।सरकारी स्वामित्वको चाइना नेशनल रेडियो (सीएनआर) ले उद्धारलाई चमत्कार भनेको छ । गत सेप्टेम्बर ५ मा भूकम्प जाँदा गान आफ्ना सहकर्मी लुओ योङसँग ड्युटीमा थिए । उनीहरुले जलविद्युत योजनाबाट सुरक्षित क्षेत्रमा प्रयत्न गर्दै थिए । तर, टाढाको राम्रोसँग नदेख्ने गानले त्यही बेला चस्मा हराए र पहाडी भूभागमा बरालिए ।

ती दुई व्यक्तिले टाढाका उद्धारकर्ताहरूलाई मद्दतको लागि संकेत गरे । लुगा फुकालेर रुसमा झुन्डाए । अन्तत गानलाई छोडेर लुओ जाने निर्णय गरे । लुओले गानलाई र जंगलभित्रै ओछ्यान बनाएर केही जंगली फलको व्यवस्था गरेर छोडे । उद्दारकर्ताले गानलाई ११ सेप्टेम्बरमा उद्दार गरेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ८ : ०१ बजे

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक