२८ चैत्र २०८२, शनिबार | April 11, 2026

सुदुरपश्चिम राजधानी कप २०७९ राष्ट्रिय फुटबल प्रतियोगिता : लुम्बिनीको विजयी शुरुवात



बुटवल । सुदुरपश्चिम राजधानी कप २०७९ राष्ट्रिय फुटबल प्रतियोगिताको चौथो संस्करणमा लुम्बिनी प्रदेशले विजयी शुरुवात गरेको छ । सुदुरपश्चिम प्रदेश खेलकुद विकास परिषदको मुख्य प्रवद्र्धन, राष्ट्रिय खेलकुद परिषदको प्रायोजक तथा नेपाल टेलिकमको सहप्रायोजन र पिएफए स्पोर्टस क्लब कैलालीको आयोजनामा आईतबार धनगढी रंगशालामा भएको खेलमा लुम्बिनीले मधेश प्रदेशलाई ४–२ गोलले पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको हो ।

लुम्बिनीको जितमा प्रकाश बुढाथोकीले २ तथा कृष्ण रानाभाट र बिक्रमसिह ठकुरीले थप एक(एक गोल गरेका थिए । खेलमा बुढाथोकी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । लुम्बिनीले अब गण्डकी र सुदुरपश्चिम (निलो) बिचको विजेतासंग सेमीफाईनल खेल खेल्नेछ ।

यसैगरि आयोजक सुदुरपश्चिम (रातो) र कर्णाली प्रदेश बिच भएको निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो । सडेनडेथमा ६–५ गोलले पराजित गर्दै कर्णाली प्रदेश अन्तिम चारमा प्रवेश गरेको छ ।

असोज १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक सुदुरपश्चिमको दुइ टिमसहित ७ प्रदेशको सहभागिता रहेको छ । विजेता टिमले नगद ५ लाखसहित कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३ लाख, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । खेलमा सर्वोत्कृष्ट खेलाडी नगद २० हजार रुपैया, विद्यागत उत्कृष्ट गोल रक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकर्तालाई १०–१० हजार रुपैयाबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : ३० बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र