१२ बैशाख २०८१, बुधबार | April 25, 2024

नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी छनौट प्रतियोगिता : भारोत्तोलन, बास्केटबल र कुश्ती खेलाडी छनौट



बुटवल । नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत भारोत्तोलनको खेलाडी छनौट नेपालगंजमा सकिएको छ ।

आईतबार भएको पुरुषतर्फको खेलमा ५५ केजी तौलसमुहतर्फ बर्दियाका राम कुमार थारु विजेता बन्दै छनौट भए । यसैगरि सोही समुहमा बर्दियाका प्रदिप थारु र बिनित पोगी थारु छनौट भए । खेलको ६१ केजी तौल समुहमा बर्दियाका अबिनास थारु, बर्दियाकै समिर सिह बागवान, ६७ केजी तौल समुहमा बर्दियाका राम कुमार थारु, दाङका युवराज भण्डारी र बाँकेका राजन केवट छनौट भए । ७३ केजी तौल समुहमा दाङका सन्देश चौधरी, बाकेका गुरप्रित सिख र बाकेकै निरजसिह बाडिया छनौट भएका छन ।

यसैगरि ८१ केजीमा बाँकेका सुरज बैश्य र दाङका अतिस ओली छनौट भए । ८९ केजी तौल समुहमा बाकेका अबिमान चौधरी, ९६ केजीमा सदाब अमिन सिद्धिकी तथा १ सय २ केजीमा बाकेका रमेश जयसवाल छनौट भएका छन ।

यसैगरि महिलातर्फ ४५ केजी तौल समुहमा बर्दियाकी अरुणीमा चौधरी विजेता तथा दाङकी अंजना चौधरी उपविजेता बन्दै छनौटमा परिन । यसैगरि ४९ केजी तौल समुहमा बर्दियाकी पवित्रा थापामगर विजेता, दाङकी सम्झना चौधरी, बर्दियाकी अस्मिता चौधरी क्रमश दोस्रो र तेस्रो स्थान हासिल गर्दै छनौट भएकी छिन ।

यसैगरि ५५ केजी तौल समुहमा बर्दियाकी कृष्ण कला विष्ट, नन्ना थापामगर, ५९ केजीमा दाङकी रामकुमारी चौधरी, राधिका चौधरी र बर्दियाकी सामना चौधरी छनौट भएकी छिन । ६४ केजीमा बर्दियाकी ललिता सिमरन, जयकला थापामगर तथा ७१ केजी तौल समुहमा दाङकी कल्पना चौधरी छनौट भएकी छिन ।

नेपालगंजमा आईतबार भएको खेलमा पुरुष ५ बाई ५ तर्फ अन्तिम नामावलीमा भुगोल कुवर मगर, श्रीकिरण महतरा, राहुलराज डागी, राजेशबाबु डागी, प्रसंग मास्के, सनतम थैव, सिमान्त क्षेत्री, निराकार बजिमय, रेहन श्रेष्ठ, हरिराज कुवर, आकाश पौडेल, झग बहादुर थापा छनौट भएका छन । जसको टिम कोच बसन्त राना रहेका छन ।

यता ३ बाई ३ तर्फ महिला बास्केटबलमा बिष्णा क्षेत्री, खुशी खाड, वर्षा थापा र सृष्टी चौधरी तथा टिम कोचमा निशान पुन रहेका छन । पुरुष ३ बाई ३ मा ओम प्रकाश श्रीष, कृष्ण पराजुली, प्रज्वलसिह थापा र दीप केसी रहेका छन ।

आज एक समारोहका बीच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् । प्रतियोगितामा १२ जिल्लाका २ हजार ६ सय ५२ जना खेलाडीहरु, २ सय अफिसियल र ३ सय भोलिन्टियरहरुको सहभागीता रहने छन ।

यसैगरि कुश्तीको खेलाडी छनौट नेपालगंजमा सम्पन्न भएको छ । आईतबार भएको पुरुषतर्फको खेलमा पुरुषतर्फ ५७ केजी तौल समुहमा रुपन्देहीका राम असिम कहार, ६१ केजी तौल समुहमा रुपन्देहीकै बिरुप्रसाद पथ्थरकट्टा, ६५ केजीमा नवलपरासीका हृदेश प्रसाद चौधरी, ७० केजीमा बाँकेका फजिल राउत गट्टी, ७४ केजी तौल समुहमा नवलपरासीका राजेश कुमार चौधरी, ७९ केजीमा बाँकेका संजय गुप्ता, ८६ केजीमा रुपन्देहीका मुनेश्वर यादव, ९२ केजीमा बाँकेका रमेश गोतामे, ९७ केजीमा बाँकेका कमरुद्धीन मिया तेली र १ सय २५ केजीमा रुपन्देहीका जितेन्द्र यादव छनौट भएका छन ।

यसैगरि महिलातर्फ ५० केजी तौल समुहमा बाँकेकी शान्ति पौडेल, ५३ केजीमा बर्दियाकी पुष्पा शाही, ५५ केजीमा बर्दियाकी अन्जली रानामगर, ५७ केजीमा बाँकेकी हसिना बानो, ५९ केजीमा बाँकेकी सृजना चन्द, ६२ केजीमा बर्दियाकी उमा बिक, ६५ केजीमा बाँकेकी शिवानी शाही, ६८ केजीमा बाँकेकी रुपा शाही, ७२ केजीमा बर्दियाकी निर्मला सुनार, ७६ केजीमा बाँकेकी ममता कहार छनौट भएका छन ।

विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ११ : ०० बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको