६ पुस २०८२, आइतबार | December 21, 2025

तीर्थयात्री बोकेको डुंगा दुर्घटना हुँदा २४ जनाको मृत्यु



ढाका । बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु भएको । दुर्घटनामा करिब दुई दर्जन वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ ।

‘अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका छन्’, एक स्थानीय प्रहरी अधिकारीको भनाइ उल्लेख गर्दै एएफपीले लेखेको छ, ‘अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा अधिकांश महिला र बालबालिका छन् ।’

प्रहरीका अनुसार उक्त डुंगामा ५० जना तीर्थयात्री थिए । उनीहरु शताब्दीऔँ पुरानो मन्दिरमा यात्रा गरिएका थिए । उत्तरी बंगलादेशको बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो ।

दुर्घटनामा २५ जना यात्रु हराइरहेका अर्का एक प्रहरी अधिकारीले बताएको पनि एएफपीले जनाएको छ । स्थानीय सञ्चार माध्यमले भने कम्तीमा १० जनाको उद्दारपछि अस्पताल लगिएको जनाएका छन् ।

 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : ५८ बजे

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन