१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

राष्ट्रिय खेलकुदका लागि राष्ट्रपतिलाई निमन्त्रणा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ ।

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले शितल निवासमा निमन्त्रणा पत्र प्रदान गरेका हुन् ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य दीपेन्द्र विष्ट उपस्थित हुनु हुन्थ्यो ।

पोखरा रंगशालामा असोज २८ गते हुने नवौं राष्ट्रिय खेलकुदको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट समुद्घाटन हुने कार्यक्रम अनुसार निमन्त्रणा गरिएको हो । त्यस अवसरमा राष्ट्रपति भण्डारीलाई राष्ट्रिय खेलकुदका विषयमा हालसम्म भएका कार्य प्रगतिका बारे पनि जानकारी गराइएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ४० बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु