८ बैशाख २०८३, मंगलबार | April 21, 2026

इरानमा प्रदर्शनः कम्तीमा ७६ जनाको मृत्यु



तेहरान । हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर)ले जनाएको छ । यद्यपि, सरकारी सञ्चार माध्यमहरुले उक्त झडपमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेका छन् ।

आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर १२ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २० जना पत्रकार पनि छन् । हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यसैबीच, महिलाहरुले लगातार १२औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ११ : १८ बजे

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि… …

अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ