३ चैत्र २०८२, मंगलबार | March 17, 2026

पत्रकार सम्मेलनमा बुटवल उपमहानगर प्रमुख पाण्डेले एक पत्रकारलाई अपमानजनक शव्द प्रयोग गरेपछि विवाद



बुटवल । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा नगर प्रमुख र पत्रकारबीच विवाद भएको छ ।

एकजना पत्रकारको नगरप्रमुखले आफुलाई नकारात्मकरुपमा बुझेको प्रतिक्रियामा उपमहानगर प्रमुख पाण्डेले पत्रकारको समाचारमा अपमानजनक शब्द प्रयोग गरेपछि विवाद भएको हो ।

उपमहानगरपालिकाले स्थानीय तहको निर्वाचन पछि चार महिनाको अवधिमा भएका प्रगति सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा पत्रकार डिबी सुस्लिङले नगर प्रमुखले आफु र आफ्नो समाचारलाई नकारात्मकरुपमा बुझ्ने र लिने गरेको प्रतिक्रिया दिएकोमा नगर प्रमुख पाण्डेले ‘समाचार पढेर आफै लाज मान्नु पर्ने’ भनेपछि पत्रकारहरुले आपत्ति जनाएका थिए ।

उपमहानगर प्रमुख पाण्डेले अपमानजनक शब्द प्रयोग गरेको भन्दै प्रेस चौतारी नेपाल रुपन्देहीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चौतारीले विज्ञप्तिमार्फत आफ्ना कार्यसमिति सदस्य सुस्लिङप्रति भएको अपमानले स्वतन्त्र प्रेसप्रतिको सम्मानमा आँच पुगेको उल्लेख गरेको छ ।

अध्यक्ष लक्ष्मण पौडेलद्वारा जारी विज्ञप्तिमा पत्रकार सम्मेलन आयोजना गरिएको स्थलमै पत्रकार सुस्लिङलाई नगर प्रमुख जस्तो पदमा बसेको व्यक्तिले अनावश्यक लाञ्छना लगाउँदै अपमानजनक शब्द प्रयोग गर्नु गम्भीर विषय उल्लेख छ । ‘यसप्रति प्रेस चौतारी नेपाल रुपन्देही बुटवल उपमहानगर प्रमुखको उक्त कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

उता बुटवल उपमहानगरका नगर प्रमुख पाण्डेले पत्रकारहरुलाई पत्रकार नै भएर भूमिका निभाउन आग्रह गरेका छन् । खबरकुरासँग कुरा गर्दै पाण्डेले आफुले पत्रकार र पत्रकारिताको सधैं सम्मान गर्ने जनाउँदै एकै व्यक्ति पार्टीको कार्यकर्ता र पत्रकार बन्न नहुने बताए । सकारात्मक आलोचनाको आफुले सधैं सम्मान र मनन् गर्ने जनाउँदै उनले व्यवसायीक पत्रकाररिता गर्न सुझाव दिए ।

पत्रकार सुस्लिङले उपमहानगर प्रमुखले आफुलाई नभएर पत्रकारिता क्षेत्रलाई नै प्रहार भएको बताए । उनले राज्यकै एउटा जिम्मेवार निकायबाट पत्रकार प्रति गरिएको व्यवहार र शब्द आपत्तिजनक रहेको बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : ३४ बजे

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी