३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कार्तिकसम्म हुने नवौं राष्ट्रिय खेलकुद–०७९ को समापन कार्यक्रमका लागि निमन्त्रणापत्र बिहीबार प्रदान गरिएको छ ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई ३ कार्तिकमा पोखरा रंगशालामा हुने नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लािग निमन्त्रणापत्र प्रदान गरेका हुन् ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ पनि उपस्थिति थिए । त्यस अवसरमा मन्त्री गहतराज र सदस्य–सचिव घिसिङले प्रधानमन्त्री देउवालाई नवौं राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराएका थिए ।

नवौं राष्ट्रिय खेलकुदको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई ११ असोज निमन्त्रणा पत्र प्रदान गरी सकिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  २ : ५६ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जादै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि

विश्वकप फुटबल : बराबरीमा टुंगियो ब्राजिल र मोरक्कोको खेल

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘सी’ को

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ । लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको