२६ जेष्ठ २०८०, शुक्रबार | June 10, 2023

बुटवलमा सडकमा खुल्ला दुध बेच्न रोक



बुटवल । बुटवल उपमहानगरपालिकाले खुल्ला रुपमा सडक किनारमा दुध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दुधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्य रुपमा दर्ता गर्न र खुल्ला रुपमा सडक किनारमा दुधको बिक्री वितरण रोक्ने निर्णय गरेको हो ।

दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दुध र दुधजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेशिन सहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

यस्तै बैठकले दुधजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दुध बिक्रेता, किसान लगायत दुधको कारोबारमा संलग्न डेरी व्यवसायीहरुले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदल गठन गरेको छ ।
रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष गणेश प्रसाद भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलमा डेरी व्यवसायीहरु कृष्ण भट्टराई, रामकृष्ण शर्मा पौडेल, उमादेवी शर्मा, संजोग श्रेष्ठ सदस्य रहेका छन् भने सदस्य सचिवमा बुटवल उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख रहने व्यवस्था गरिएको छ ।

बैठकले दुधको मूल्य निर्धारण गरी कार्यान्वयन गराउने निर्णय गरेको उपप्रमुख अर्यालले बताइन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १० : २५ बजे

टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी

पोखरा । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला

अझै केही दिन देशभर तापक्रम बढ्ने, यस वर्ष बर्षा पनि कम हुने

काठमाडौं । देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष केपी ओली

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट

बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले