३ जेष्ठ २०८३, आइतबार | May 18, 2026

बुटवलमा सडकमा खुल्ला दुध बेच्न रोक



बुटवल । बुटवल उपमहानगरपालिकाले खुल्ला रुपमा सडक किनारमा दुध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दुधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्य रुपमा दर्ता गर्न र खुल्ला रुपमा सडक किनारमा दुधको बिक्री वितरण रोक्ने निर्णय गरेको हो ।

दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दुध र दुधजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेशिन सहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

यस्तै बैठकले दुधजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दुध बिक्रेता, किसान लगायत दुधको कारोबारमा संलग्न डेरी व्यवसायीहरुले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदल गठन गरेको छ ।
रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष गणेश प्रसाद भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलमा डेरी व्यवसायीहरु कृष्ण भट्टराई, रामकृष्ण शर्मा पौडेल, उमादेवी शर्मा, संजोग श्रेष्ठ सदस्य रहेका छन् भने सदस्य सचिवमा बुटवल उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख रहने व्यवस्था गरिएको छ ।

बैठकले दुधको मूल्य निर्धारण गरी कार्यान्वयन गराउने निर्णय गरेको उपप्रमुख अर्यालले बताइन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १० : २५ बजे

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम