१० असार २०८३, बुधबार | June 25, 2026

चौथो संस्करण सुदुरपश्चिम राजधानी कप २०७९ राष्ट्रिय फुटबल प्रतियोगिता : लुम्बिनी प्रदेशको उपाधि दाबेदारी



बुटवल । सुदुरपश्चिम राजधानी कप २०७९ राष्ट्रिय फुटबल प्रतियोगिताको चौथो संस्करणमा लुम्बिनी प्रदेश उपाधिको दाबेदारी पेश गरेको छ । विहिबार भएको सेमीफाईनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै लुम्बिनीले उपाधि दाबेदारी पेश गरेको हो ।

सुदुरपश्चिम प्रदेश खेलकुद विकास परिषदको मुख्य प्रवद्र्धन, राष्ट्रिय खेलकुद परिषद र नेपाल टेलिकमको सहप्रायोजन तथा पिएफए स्पोर्टस क्लब कैलालीको आयोजनामा धनगढी रंगशालामा भएको खेलमा लुम्बिनीले गण्डकीलाई ४–३ गोलले पराजित गरेर कर्णाली प्रदेशसंग फाईनल भिडन्त पक्का गरेको छ । लुम्बिनीको जितमा निरज चौधरी नायक बने । उनले खेलमा पहिलो र अन्तिम निर्णायक गोल गरे ।

लुम्बिनीका फागु चौधरी र बिनोद केसीले थप गोल गरेका थिए । गण्डकी प्रदेशका राजकुमार कुवरले २ तथा विजय श्रेष्ठ १ ले गोल गरेका थिए । लुम्बिनीका निरज चौधरी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । असोज १५ गतेसम्म फाईनले खेल हुने छ ।

प्रतियोगितामा आयोजक सुदुरपश्चिमको दुइ टिमसहित ७ प्रदेशको सहभागिता रहेको छ । विजेता टिमले नगद ५ लाखसहित कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३ लाख, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । खेलमा सर्वोत्कृष्ट खेलाडी नगद २० हजार रुपैया, विद्यागत उत्कृष्ट गोल रक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकर्तालाई १०–१० हजार रुपैयाबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १० : ०९ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार