२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सल्यानमा जीप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु, १७ घाइते



सल्यान । सल्यानमा शनिबार बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

बिहान ६४० बजे कुमाख गाउँपालिका वडा नंको ७ जिमालीस्थित भित्री सडकखण्डमा सो दुर्घटना भएको थियो । डुमकोटबाट शारदा नगरपालिका वडा नं ११ स्थित खैराबाङको मन्दिर जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट झन्डै एक सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कुमाख गाउँपालिका वडा नं. ७ डुमकोटका ३९ वर्षीय मानबहादुर पुन र सोही ठाउँकी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको छ ।

घाइतेको १७ जनालाई उद्धार गरि जिल्ला अस्पताल खलंगा पठाइएको प्रहरीले जनाएको छ । ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १० : ५८ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा