११ असार २०८३, बिहिबार | June 25, 2026

युनाइटेडमाथि सिटीको सानदार जित



काठमाडौं । एर्लिङ हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ६-३ ले हराएको छ । जितसंगै सिटीले शीर्षस्थानको आर्सनलसंग दूरी घटाएको छ ।

खेलको आठौ मिनेटमा फिल फोडिनको गोलमा सिटीले अग्रता लिएको थियो । ३४ औं मिनेटमा हाल्यान्डको गोलमा सिटीले अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि हाल्यान्डले सिटीका लागि तेस्रो गोल गरेका थिए । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा हाल्यान्डको पासमा फोडिनले व्यत्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ४-० मा पुर्याएका थिए ।

५६ औं मिनेटमा एन्टोनी सान्तोसले गरेको गोलमा युनाइटेडले गोलअन्तर ४-१ मा झारे । ६४ औं मिनेटमा हाल्यान्डले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ५-१ मा पुर्याएका थिए । ७३औं मिनेटमा फोडिनको ह्याट्रिक गरे । ८४ औं मिनेटमा एन्थानी मार्सियालले युनाइटेडका लागि दोस्रो गोल गरेका थिए । इन्जुरी समयको पहिलो मिनेटमा मार्सियालले पेनाल्टीमा गोल गर्दै खेल ६३ को स्थितीमा पुर्याएका थिए ।

सिटी आठ खेलमा २० अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको आर्सनल भन्दा एक अंक कम हो । युनाइटेड भने सात खेलमा १२ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ७ : ५८ बजे

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा

‘निजी अस्पताल र बैंक तथा वित्तीय संस्थामा श्रम शोषण’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल,

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान