११ असार २०८३, बिहिबार | June 25, 2026

गठबन्धन छाडेर जसपा एमालेसँग संवाद थाल्दै



काठमाडौं । ५ दलीय सत्ता गठबन्धनमा भने जति सिट नपाएपछि गठबन्धनबाट बाहिरिने घोषणा गरेको जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसँग चुनावी तालमेलका लागि संवाद थालेको छ । जसपाको शनिबार बसेको बैठकले अन्य पार्टीसँग समेत चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरे लगत्तै जसपा नेतृत्वले एमालेसँग गठबन्धनका लागि संवाद थालेको हो । सिट बाँडफाँटमा गठबन्धनले आफ्नो पार्टीलाई थोरै मात्र सिट दिन तयार भएको भन्दै जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले अन्य पार्टीहरुसँगको संवाद खुला गर्ने निर्णय गरेको थियो ।

चुनावी तालमेलको प्रस्ताव सहित जसपाले एमालेसंग संवाद सुरु भएको एमालेका एक नेताले बताए । उता जसपाका एक नेताले एमालेबाट लोसपा भन्दा जसपासँग तालमेलमा रुचि देखिएपछि संवाद सुरु गरिएको बताए ।

एमाले अध्यक्ष ओली स्वयं लोसपा भन्दा जसपासँग तालमेल गर्न ईच्छुक देखिएकाले लोसपालाई यत्तिकै अड्काएर एमाले नेतृत्व जसपासँग वार्तामा आएको जसपाका एक कार्यकारीणी सदस्यले खबरकुरालाई बताए ।

तर जसपा अध्यक्ष उपेन्द्र यादव निकट स्रोतले पनि अध्यक्ष यादव र ओलीबीच एक चरणको संवाद भएको दाबी गरेको छ ।

‘दुवै अध्यक्षबीच एक चरणको कुरा भएको छ, पहिलो चरणको कुरा सकारात्मक भएको बुझिएको छ’, ती नेताले भने, ‘ओलीले पनि राजनीतिमा जुवा खेल्ने नै हो, तर भरपर्दो सहमति नहुँदासम्म चुनावी तालमेल यसैसँग हुन्छ भन्न सकिँदैन’, ती नेताको भनाइ छ ।

एमाले अध्यक्ष ओली गठबन्धनको भागबण्डा पर्खेर आफ्नो पार्टीका उम्मेदवारलाई टिकट दिन ढिलाइ गरिरहेका छन् । गठबन्धन भत्किए उनीहरूसँगको तालमेललाई समेत मध्यनजर गरेर उम्मेदवार तय गर्नुपर्ने र टिकट वितरण गर्नुपर्ने भएकाले ओली ‘पर्ख र हेर’को अवस्थामा रहेको एमालेका एक नेताको भनाइ छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १ : १२ बजे

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा

‘निजी अस्पताल र बैंक तथा वित्तीय संस्थामा श्रम शोषण’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल,

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान