११ बैशाख २०८१, मंगलबार | April 23, 2024

गठबन्धन छाडेर जसपा एमालेसँग संवाद थाल्दै



काठमाडौं । ५ दलीय सत्ता गठबन्धनमा भने जति सिट नपाएपछि गठबन्धनबाट बाहिरिने घोषणा गरेको जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसँग चुनावी तालमेलका लागि संवाद थालेको छ । जसपाको शनिबार बसेको बैठकले अन्य पार्टीसँग समेत चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरे लगत्तै जसपा नेतृत्वले एमालेसँग गठबन्धनका लागि संवाद थालेको हो । सिट बाँडफाँटमा गठबन्धनले आफ्नो पार्टीलाई थोरै मात्र सिट दिन तयार भएको भन्दै जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले अन्य पार्टीहरुसँगको संवाद खुला गर्ने निर्णय गरेको थियो ।

चुनावी तालमेलको प्रस्ताव सहित जसपाले एमालेसंग संवाद सुरु भएको एमालेका एक नेताले बताए । उता जसपाका एक नेताले एमालेबाट लोसपा भन्दा जसपासँग तालमेलमा रुचि देखिएपछि संवाद सुरु गरिएको बताए ।

एमाले अध्यक्ष ओली स्वयं लोसपा भन्दा जसपासँग तालमेल गर्न ईच्छुक देखिएकाले लोसपालाई यत्तिकै अड्काएर एमाले नेतृत्व जसपासँग वार्तामा आएको जसपाका एक कार्यकारीणी सदस्यले खबरकुरालाई बताए ।

तर जसपा अध्यक्ष उपेन्द्र यादव निकट स्रोतले पनि अध्यक्ष यादव र ओलीबीच एक चरणको संवाद भएको दाबी गरेको छ ।

‘दुवै अध्यक्षबीच एक चरणको कुरा भएको छ, पहिलो चरणको कुरा सकारात्मक भएको बुझिएको छ’, ती नेताले भने, ‘ओलीले पनि राजनीतिमा जुवा खेल्ने नै हो, तर भरपर्दो सहमति नहुँदासम्म चुनावी तालमेल यसैसँग हुन्छ भन्न सकिँदैन’, ती नेताको भनाइ छ ।

एमाले अध्यक्ष ओली गठबन्धनको भागबण्डा पर्खेर आफ्नो पार्टीका उम्मेदवारलाई टिकट दिन ढिलाइ गरिरहेका छन् । गठबन्धन भत्किए उनीहरूसँगको तालमेललाई समेत मध्यनजर गरेर उम्मेदवार तय गर्नुपर्ने र टिकट वितरण गर्नुपर्ने भएकाले ओली ‘पर्ख र हेर’को अवस्थामा रहेको एमालेका एक नेताको भनाइ छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १ : १२ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको