२७ श्रावण २०८३, बुधबार | August 12, 2026

आज भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा



काठमाडौं । आज भक्तपुरमा आज राँगो दौडाउने जात्रा हुँदैछ । यहाँको दशैँको सबैभन्दा आकर्षक मानिने खमेय जात्रा अर्थात् राँगो दौडाउने जात्रा आज महानवमीका दिन हुँदैछ ।

जात्रालाई व्यवस्थित गर्न स्वयमसेवक परिचालन गरिने भएको छ । हिजो सोमबार भक्तपुर नगरपालिका-९ को कार्यालयमा बसेको सरोकारवालासँगको भेलाले जात्रालाई थप व्यवस्थित बनाउन स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको थियो ।

भक्तपुरमा महानवमीका दिन जात्राको प्रचलन रहिआएको छ । जात्राको क्रममा भक्तपुर नगरपालिका वडा नं ९ स्थित नवदुर्गा द्योछें (देवता घर) मा पालेर राखेको बडेमानको खम्ये अर्थात् राँगोलाई दौडाउने गरिन्छ । दौडाउनुअघि रक्सी खुवाएर राँगोलाई मताउने गरिन्छ । अनि सयौं बलिया युवाहरूले राँगोलाई लखेट्दै दौडाएर जात्रा मनाइन्छ ।

जात्रामा भीड हुने र मातेको राँगो अनियन्त्रित भएर दुर्घटना हुन सक्ने भएकाले साथै उच्छृंखल गतिविधि हुन नदिनका लागि जात्रालाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको बताइन्छ ।

 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : ११ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको