१ पुस २०८२, मंगलबार | December 16, 2025

सिट बाँडफाट टुंगो लगाउन गठबन्धनको बैठक ३ बजे बस्ने



काठमाडौं । सिट बाँडफाँटको टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक ३ बजे बस्ने छ ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले आगमी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट वाँडफाँट गरी उम्मेदवारी दिने बिषयमा छलफल ३ बजे बस्ने बस्न लागेको हो । झन्डै दुई महिनादेखि जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन ।

गठबन्धनको मुख्य सहयोगी जनता समाजवादी पार्टी, नेपालले गठबन्धन भन्दा बाहिर पनि विकल्प खोज्ने निर्णय गरेको केही दिनमा नै बसिरहेको बैठकले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पार्टीको नाम टुंगो लगाउने बुझिएको छ ।

हालसम्म नेपाली कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४४, नेकपा एकीकृत समाजवादीले १५, ,जनता समाजवादी पार्टीले १३ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने गरी छलफल भइरहेको नेताहरुले बताएका छन । यसै सेरोफेरोमा आज सहमति गराउन सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  १२ : ५५ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच