नेपालगन्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज बाँकेको बाढीग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । उनले बाढीग्रस्त क्षेत्र पुगेर त्यहाँको क्षति र बाढीको प्रभावको अवस्थाबारे जानकारी लिएका हुन् ।
डुडुवा क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि मन्त्री राई आज दिउँसो डुडुवाको होलिया क्षेत्रमा अवलोकनका लागि पुगेका थिए । मन्त्री राईले डुडुवा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे जानकारी लिँदै बाढी र डुबान प्रभावितका लागि आवश्यक चाँजोपाँजो मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिए । उनले डुडुवा आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले त्यहाँका प्रभावितहरूको दिनचर्या सहज बनाउन व्यक्तिगत तर्फबाट पनि तत्कालै पहल गर्ने आश्वासन समेत दिए।
उनले बाढी र डुबान क्षेत्रमा मानवीय र भौतिक क्षति हुन नदिन आफ्ना युनिटहरूलाई तदारूकताका साथ परिचालन गर्न पनि जिल्लास्थित सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् ।



















प्रतिक्रिया