२७ श्रावण २०८३, बुधबार | August 13, 2026

बारा बस दुर्घटना अपडेट : १२ जनाको सनाखत



मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जस्थित खण्डमा आज बिहान १०ः३० बजे भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी १६ जनाको मृत्यु भएको र चार जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

ज्यान गुमाउनेमा बाराको कलैया उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय लीलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका-५ बस्ने ६३ वर्षीया नन्दकुमारी पुडासैनी र चितवनकै कालिका नगरपालिका रमाइलो चोक बस्ने १४ वर्षीय सफल कँडेल रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका-१६ का ६५ वर्षीय सोमबहादुर चौरसिया, सोही स्थान बस्ने ३५ वर्षीया मन्निदेवी चौरसिया, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-७ का ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, हेटौँडा-७ कै २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया उपमहानगरपालिका-१० बस्ने ३५ वर्षीया नाजलिन खातुन, कलैया-१० का इजाजत अन्सारी र बाराकै जीतपुरसिमरा उपमहानगरपालिका-२२ का २८ वर्षीया सुरेश विक रहेका छन् ।

सोही दुर्घटनामा परी खोलढुङ्गा बस्ने सुरक्षाकर्मी लालबहादुर बोगटी र धनुषाको जनकपुर-५ बस्ने ५० वर्षीय सन्तोषकुमार रायको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका चालक स्याङ्जा आदिखोला गाउँपालिका-६ बस्ने ४० वर्षीय कोदिप्ति नारायण ढकालको भने हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था सामान्य रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६-००१ ख ०११० नम्बरको बस तीन नम्बर पुलस्थित सडकखण्डबाट २० मिटर तल खोलामा खसेको थियो । बसमा ५० जना सवार रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ६ : ३५ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको