२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

जसपाले छाड्यो सत्ता गठबन्धन, एमालेसँग चुनावी तालमेल गर्ने



काठमाडौं । जनता समाजवादी पार्टीले सत्ता रुढ पाँच दलीय गठबन्धन छाडेको छ । मंसिर ४ मा हुने संघीय निर्वाचनको सिट बाँडफाँडमा सुरुआतदेखि नै असहमति जनाउँदै आएको जसपाले कुरा नमिल्ने देखेपछि गठबन्धन छाडेको हो ।

सत्ता गठबन्धनका दलले प्रत्यक्ष निर्वाचनमा थोरै सिट दिने भएपछि जसपाले पाँच दलीय गठबन्धन छाड्दै एमालेसँग चुनावी तालमेल गर्ने भएको छ ।

बिहीबार सत्ता गठबन्धन र एमलो दुवैसँग छलफल गरेको जसपाले बिहीबार राति अवेर एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

तालमेलपछि मधेस प्रदेशमा जसपाले बहुमत सिट पाउने छ। त्यसवाहेक लुम्बिनी र प्रदेश १ का केही सिट पनि उसले पाउनेछ । यस्तै, केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको दुई दलले बताएका छन् ।

यसअघि कम सिट पाएको भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा पाँच दलको बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गर्न बालकोट पुगेका थिए । गठबन्धनमा जसपालाई प्रतिनिधिसभामा १६ सिट दिने तयारी थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ७ : ४५ बजे

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार

पाँच महिनापछि स्वदेश फर्किंदै देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

देशभर मनसुनी प्रभाव, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका