२० माघ २०८२, मंगलबार | February 3, 2026

पहिरोले सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा र पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड अवरुद्ध



बुटवल । अविरल वर्षाले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर रातिदेखि नै यातायात सेवा अवरुद्ध भएको छ ।

राजमार्गअन्तर्गत पाल्पाको भालेबास, जरेपिपपल, गौडेपुल, हिउँदेखोला, सिद्धबाबालगायत स्थानमा दर्जनभन्दा बढी पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडकमा पहिरो खसेपछि यातायात सेवा रातिदेखि नै अवरुद्ध भएको हो ।

राजमार्गको पिपलडाँडा क्षेत्रमा पनि माथिल्लो भागबाट खसेको लेदो माटोका कारण सवारी साधन ओहोरदोहोरमा समस्या भएको छ । दोभान प्रहरी चौकीका अनुसार वर्षा कमी हुनासाथ सडक डिभिजनको समन्वयमा पहिरो पन्छाइने छ ।

हिउँदेखोला, चर्चरेलगायत स्थानमा खसेको पहिरो सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि तराईका विभिन्न जिल्लामा हिँडेका र तराईबाट पहाड हिँडेको यात्रु तथा सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।

यस्तै, पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार बिहान जिल्लाको म्याग्दे-१ गुणादी र व्यास नगरपालिका-१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग खुलाउन एस्काभेटर र डोजर परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । राजमार्ग अबरुद्ध भएकाले सयौँ सवारीसाधान रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : ३५ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको