४ पुस २०८२, शुक्रबार | December 19, 2025

निरन्तरको वर्षाले नरैनापुरमा २०० घर पूर्ण क्षति, छ हजारौँ स्थानीय प्रभावित



नेपालगन्ज । मंगलबार देखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएको छ । नरैनापुर गाँउपालिकामा दुई सय घर पूर्ण रुपमा क्षति भएको छ भने छ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिकाको विपत शाखाले जनाएको छ ।

लगातारको वर्षाले गर्दा नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा बाढीको पानी पस्दा भएको डुबानले करिब छ हजार स्थानीय प्रभावित भएको पालिकाका सूचना अधिकारी एंव विपत शाखाको प्रमुख लक्ष्मीकान्त मिश्राले बताए ।
पालिकाका ६ वटै वडाका अधिकांश गाउँ जलमग्न भई धेरैको घरमा बुधबारदेखि नै खाना पाक्न नसकेको सूचना अधिकारी मिश्राले जानकारी दिए ।

बाढी र डुबान पीडितका लागि तत्काल खाद्य बस्तुको आवश्यकता परेकाले आवश्यक खाने सामग्री उपलब्ध गराउन जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गरिएको अध्यक्ष इश्तियाक अहमद शाहले बताएका छन् । “राप्ती नदीको पानीले भन्दा नरैनापुरको नजिकै रहेको पहाडको पानीले नरैनापुरवासीलाई प्रभावित गरेको छ ।” अध्यक्षले भने । शुक्रबार बाढी पिडितहरु संग भेटगरी पालिकाका तर्फबाट आवश्यक राहत उपलब्ध गराउने बताउदै सबैलाई सचेत भएर बस्न अध्यक्ष शाहले आग्रह गरे ।

समयमा वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गर्नुपरेको बताउदै अध्यक्ष शाहले नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले धान बाहेकका अलि बाँकी रहेको खेतीपाती पनि सखाप पारेको बताए । उनले सुख्खा ग्रस्त क्षेत्र घोषण हुदाँ समेत संघीय र प्रदेश सरकारले जनतालाई राहात दिन नसकेको प्रति आक्रोश व्यक्त गर्दै बाढी पिडितहरुलाई भोकमरी हुनबाट बचाउन तर्फ पहल गर्न सम्बन्धी पक्षहरु संग अपिल गरे ।

गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा वडा ५ को जमुनहा, ६ को दोँदरा, २४ विगहा लगायतका गाउँका अधिकांश घरमा पानी पसे पछि जनजीवन अस्तव्यस्त बनेको गाउँपालिकाले जनाएको छ ।

वडा नं. ३ का अध्यक्ष अजय मिश्राले घरमा रहेका सबै सामान भिजेर बेहाल भएको बताउदै पानी नरोकिए प्रभावितको संख्यामा बृद्धि हुने बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ६ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको