२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

टीकाको चौथो दिन : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को



काठमाडौं । आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेको देखिन्छ ।

नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नपाएकाहरु तेस्रो दिन दिउँसो १ बजेसम्म भने राजधानीमा आकाश खुलेकाले निर्धक्क भएर हिँड्न पाएका थिए । तेस्रो दिन शुक्रबार दिउँसो फेरि सुरु भएको वर्षाले आशीर्वाद लिन हिँड्नेहरुलाई असर परेको थियो ।

विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढाटाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जान समस्या भएको थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण–पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको असरले गर्दा वर्षा भएको जनाएको छ । महानवमीदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै एवं बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा कुनै बाधा नरहेको बताउनुहुन्छ । केही दिन सुनसान रहेको राजधानी सहरमा आज बिहानदेखि भने केही चहलपहल देखिन थालेको छ ।

मानिसको चहलपहल बढे पनि सवारीसाधन कम हुँदा यात्रा सहज हुन सकेको छैन । सार्वजनिक यातायातमा कोचाकोच गरेर टीका थाप्न र आशीर्वाद लिन हिँड्नेको चहलपहल भने बजारमा हिजोका दिनभन्दा बढी छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ६ : ४८ बजे

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव

विश्वकप क्रिकेट खेल्ने विद्यार्थीलाई फिनिक्स कलेजले गर्यो सम्मान

काठमाडौ । विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजले सम्मान गरेको

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी

देश दैडाहमा चलचित्र ‘खजुरे ब्रो’को टिम

बुटवल । नेपाली चलचित्र ‘खजुरे ब्रो’को टिम चलचित्रको प्रमोसनको लागी