काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल मृत अवस्थामा फेला परेकाछन् ।
ढुंगेल काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा मृत अवस्थामा आज बिहान फेलापरेका हुन् । घरमा परिवारका सदस्य कोही नभएको अवस्थामा ढुंगेल बाथरुमा लडेर मृत भेटिएको प्रहरीले जनाएको छ ।
पूर्वमाओवादी नेता ढुंगेल सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जेन श्रेष्ठको हत्या अभियोगमा सात वर्ष जेल सजायँ कटाएर बाहिर आएका थिए । उनी २०६४ को संविधानसभा निर्वाचनमा ओखलढुंगाबाट विजयी सभासद बनेका थिए ।
तत्कालिन नेकपा विभाजन भएपछि ढुंगेल नेकपा एमालेमा लागेका थिए । हाल उनी एमाले पोलिटब्यूरो सदस्य रहेका थिए ।


















प्रतिक्रिया