२३ बैशाख २०८३, बुधबार | May 6, 2026

एमाले प्रतिगमनकारी नै हो, उसँग गठबन्धन हैन तालमेल मात्र गरेका हौं : मोहम्मद इस्तियाक राई



नेपालगन्ज । जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका सदस्य एवं संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तयाक राईले एमालेलाई हेर्ने पार्टीको दृष्टिकोण पूर्ववत रहेको बताएका छन् ।

खबरकुरासँग संक्षिप्त कुरा गर्दै मन्त्री राईले एमाले सिद्धान्ततः प्रतिगमनकै पक्षधर पार्टी भएकोमा आफु स्पष्ट रहेको बताए । उनले एमालेले अहिलेपनि लोकतन्त्र विरोधी पार्टीहरुलाई बोकेर हिँडेको आरोप लगाउँदै जसपाले एमालेसँग गठबन्धन नगरेर चुनावी तालमेल मात्र गरेको बताए ।

नेपालगन्जमा मित्रवत प्रतिस्पर्धाको सम्भावना नरहेको तर्क गर्दै एमालेको समर्थनमा उठ्दै गरेका राप्रपा उम्मेदवार आफ्नो मित्र नभएर प्रतिद्वन्द्वी नै भएको बताए । ‘मित्रसँग पो मित्रवत, मित्र नभएकोसँग केको मित्रवत ?’ उनले प्रश्न गरे ।

एमालेसँगको तालमेलको सम्झौतामा तालमेल नभएका स्थानमा जो सुकैसँग तालमेल गर्न छुट रहेकाले आफ्नो चुनावी तालमेल एमाले बाहेकका दलसँग पनि हुन सक्ने संकेत गरे । ‘तात्कालिन एजेण्डा मिल्नेहरुसँग मात्र गठबन्धन हुन सक्छ, एजेण्डा नमिल्नेसँग ताल मिलाउने मात्र हो ।’ उनले भने, -‘ताल मिलाउनु र गठबन्धन गर्नु फरक कुरा हो ।’

आफ्नो एकसुत्रीय एजेण्डा बाँकेको समृद्धी र विकास भएको बताउँदै राईले बाँकेलाई मुलुकको मुल प्रवाहमा पु-याउन आफुले जो सुकैसँग तालमेल गर्न छुट रहेको बताए । उनले एमालेले लोकतन्त्रलाई दबाउन उद्दत रहेका पार्टीहरुसँग गठजोड मिलाएको आरोप पनि लगाए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १० : २८ बजे

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना