२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाको स्वतन्त्र उम्मेदवारी दर्ता



चितवन । चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको छ ।

माओवादीबाट डा. भोजराज अधिकारीले उम्मेवारी दर्ता गराउँदै छन् । यो निर्वाचन क्षेत्रमा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चर्चा थियो । उनी गोरखा २ मा गएपछि माओवादीले अधिकारीलाई उठाएको हो । तर, कांग्रेस चितवनले भने माओवादीलाई नछाड्ने भन्दै कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

कोइराला यसअघि पनि भरतपुर महानगरपालिकामा मेयरमा उठ्ने तयारीमा थिए । कांग्रेसले अन्तिममा उनको टिकट खोसेर प्रचण्डकी छोरी रेनु दाहाललाई समर्थन गरेको थियो । चितवन ३ मा कांग्रेसका बागी जगन्नाथ पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

चितवन ३ बाटै एमालेले जिल्ला अध्यक्ष रामकुमार न्यौपानेलाई उम्मेदवार बनाएको छ । यसअघि सो निर्वाचन क्षेत्रमा एमालेले राप्रपाका विक्रम पाण्डेलाई सघाउने सहमति भएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : ३० बजे

जनआस्था कार्यालयमा प्रहरीको खानतलासी, पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले ‘जनआस्था’ कार्यालयमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं