२४ बैशाख २०८१, सोमबार | May 6, 2024

हत्या अभियोगका फरार अभियुक्त महतो एमाले उम्मेदवार



महोत्तरी । हत्या अभियोगमा फरार सूचीमा रहेका लक्ष्मी महतोले महोत्तरी क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका छन् । आइतबार जसपा परित्याग गरी एमाले प्रवेश गरेलगत्तै उनले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका हुन् ।

महतोले आफ्ना प्रतिनिधि तथा कार्यकर्ता मिथिलेश साहमार्फत क्षेत्र न.१ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराए। मधेस आन्दोलनमा नेपाल प्रहरीका असई थमन विकलाई हत्या गर्ने मुख्य योजनाकारको रूपमा वारेन्ट जारी भएका महतो फरार अभियुक्त हुन् ।

यदि निर्वाचन आयोगले महतोलाई सफाइ दिए उनले माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघिको निर्वाचनमा पनि महतो संघीय समाजवादी फोरमबाट पोखरेलसँगको प्रतिस्पर्धामा पराजित भएका थिए ।

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ५६ बजे

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म