२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

रातभरी जाग्राम बसेर महालक्ष्मीको पुजा अर्चना गरेसँगै सकियो बडादशैं



काठमाडौं । रातभरी जाग्राम बसेर कोजाग्रत पुर्णिमा ब्रत सकिएसँगै यस वर्षको बडा दशैं सकिएको छ । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर हिन्दु नेपालीले यस वर्षको बडादसैँलाई बिदा गरेका छन् ।

हिन्दु नेपालीले भव्यरूपमा मनाउने दुर्गापक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आइतबार आश्विन शुक्ल पूर्णिमाको राति जाग्राम बसेर महालक्ष्मीको पूजा आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमाको रात्रिमा जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन हुन्छ । जाग्राम बसेर पुजा आराधना गर्ने पुर्णिमा भएकै कारण आश्विन शुक्ल पूर्णिमालाई कोजाग्रत पुर्णिमा भनिएको हो ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गापक्ष अर्थात् दसैँ पर्व आम हिन्दु नेपालीले धुमधामकासाथ मनाउँदै आएका छन् । आश्विन शुक्ल पूर्णिमाको सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा कोजाग्रत पुर्णिमाको ब्रत बस्ने गरिएको धार्मिक अगुवाहरुको भनाई छ ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गापक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन सम्म रहन्छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । कोजाग्रत पुणिमाका दिन महालक्ष्मी सहित ईन्द्रको पनि पुजा गर्ने गरिन्छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : २६ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो