३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

पहिरोले स्वास्थ्यचौकी जोखिममा



गलकोट । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका-८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ । स्वास्थ्यचौकीमुनि निरन्तररूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण पुनः पहिरो गएका कारण स्वास्थ्यचौकी उच्च जोखिममा परेको हो ।

निरन्तरको वर्षाले स्वास्थ्यचौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्यचौकीको भवनसमेत चर्किएको छ । चार वर्ष पहिला निर्माण भएको स्वास्थ्यचौकीको भवन पहिराको कारण उच्च जोखिममा पारेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजु कार्कीले जानकारी दिए ।

बागलुङ नगरपालिकाबाट लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीबाट दुई वर्षअघि पहिरो खसेको थियो । निरन्तरको वर्षाका कारण अहिले थप पहिरो गएर स्वास्थ्यचौकीसम्मकै भाग चर्किएको कारण स्वास्थ्यचौकी जोखिममा रहेको कार्कीको भनाइ छ ।

भिरालो जमिनमाथि स्वास्थ्यचौकी भवन निर्माण गरेका कारण अहिले उक्त स्वास्थ्यचौकी नै विस्थापित हुने अवस्थामा पुगेको छ । स्वास्थ्यचौकीको पहिराले बागलुङ बजारबाट सिगाना हुँदै लामीचौर जाने सडकसमेत पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

गत वर्ष पहिरो रोकथाका लागि केही पूर्वाधार निर्माण गरे पनि अहिले उक्त संरचनासहित पहिरो गएको वडाध्यक्ष कार्कीले बताए । कार्कीका अनुसार पहिरो मर्मतका लागि ठूलो रकम खर्च लाग्ने भएकाले बजेटका लागि नगरपालिकासँग पहल भइरहेको छ । “गत वर्ष पहिरो रोक्न केही काम गरेका थियौँ, अहिलेको पहिराले गत वर्षका काममा क्षति बनाएको छ, वडामा रु ५० लाखको बजेट छ तर त्यसलाई स्वास्थ्यचौकी संरक्षण अथवा अन्तै खर्च गर्ने भन्ने विषयमा छलफल भइरहेको छ”, उनले भने, “निरन्तरको वर्षापछि पहिराले स्वास्थ्यचौकीसम्मै क्षति पु¥याएको छ ।”

रु एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको सो भवन वातावरणीय मूल्याङ्कनबिनैै निर्माण गर्दा समस्या भएको हो । स्वास्थ्यचौकीको झण्डै सय मिटर तलदेखि स्वास्थ्यचौकीसम्मै पहिरो गएर जमिन चिरा-चिरा पारेको स्वास्थ्यचौकीका प्रमुख शान्ता शर्माले बताए । पहिराले स्वास्थ्यचौकी मुनिका तीन घरसमेत जोखिममा पार्दै आएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : २२ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा