१२ असार २०८३, शुक्रबार | June 26, 2026

पोखरा पुग्यो नवौं राष्ट्रिय खेलकुदको ट्रफी



पोखरा । विभिन्न ६ प्रदेश र विभिन्न ३ वटा विभागीय समूहको मुख्यालयमा प्रदर्शनपछि नवौं राष्ट्रिय खेलकुदको ट्रफी प्रतियोगिता आयोजनास्थल गण्डकी प्रदेश पुगेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा पुगेको ट्रफीलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सार्वजनिक गरेका छन् ।

नवौं राष्ट्रिय खेलकुदका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले यसै संस्करणदेखि सुन र चाँदीजडित मूल्य १० लाख रुपैयाँ मुल्यपर्ने नयाँ ट्रफी ल्याएको जनाएको छ ।

सातै प्रदेशमा ‘ट्रफी टुर’ गराउने लक्ष्यसहित ६ वटा प्रदेश सहित विभागीय टिम सेना, सशस्त्र र नेपाल प्रहरीको मुख्यालयमा ट्रफी प्रदर्शन गरिएको थियो । गण्डकीमा भने प्रतियोगिता अवधिभर ट्रफी प्रदर्शनका लागि राखिनेछ ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले ट्रफी प्रदर्शनमात्रै नभएर गण्डकी प्रदेश त्यसको हकदारसमेत रहेको दाबी गरे ।उनले प्रदर्शन गरिउको ट्रफी गण्डकीमा नै राख्ने गरी उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरे । खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेर गण्डकीमा राखिदिनु भयो भने यो हामी सबैका लागि सम्मान हुनेछ ।’ उनले भने ।

मुख्यमन्त्री पोखरेलले ट्रफी सार्वजनिक गरेसँगै पोखरा नगर परिक्रमा गरिएको थियो । पोखरा लेकसाइडस्थित तालबाराही चोकमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले समापन गरेका थिए ।

ट्रफी सार्वजनिक कार्यक्रममा ‘ट्रफी टुर’ कार्यक्रम संयोजक एवं ओलम्पियन दीपक विष्ट, साग पदकधारी एवं कराँतेका प्रशिक्षक दीपक श्रेष्ठ, महिला भलिबलकी राष्ट्रिय टिम कप्तान अरुणा शाही र विश्व अल्ट्रा धाविका मिरा राई सहभागी थिए ।

२०४० सालमा दोस्रो राष्ट्रिय खेलकुदको आयोजना गरेको पोखरामा ४ दशकपछि दोस्रो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको छ ।

औपचारिक रुपमा असोज २८ गतेदेखि प्रतियोगिता सुरु हुने भए पनि पुरुष प्रतियोगिता एक महिना अगाडि नै काठमाडौंमा भइसकेको छ । आइतबारदेखि पोखरामा महिला क्रिकेट सुरु भएको छ । सोमबारबाट ह्यान्डबल र फेन्सिङ सुरु भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  २ : ३२ बजे

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

भीमसेन थापा पुरस्कारबाट सीमाविद् श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका