१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

वासुदेवको टिकट खोसेर विष्णु पौडेल ‘असफल’ बनाउने एमाले भित्रैको प्रयास असफल



बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलको एकल प्रयासबाट माधव नेपालसँग एकीकृत समाजवादीमा जानबाट रोकिएका तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर वासुदेव घिमिरेलाई एमाले महासचिव शंकर पोखरेल र खिमलाल भट्टराईले निर्वाचनको संघारमा चिढ्याएका छन् ।

माधव नेपालसँग एकीकृत समाजवादीमा जाने चर्चा चलिरहँदा उपाध्यक्ष विष्णु पौडेलको लामो प्रयासपछि रोकिएका घिमिरेलाई प्रतिनिधिसभा निर्वाचनमा टिकट दिने र लगत्तै खोस्ने काम गरेर पार्टी नेतृत्वले चिढ्याएका हुन् ।

लामो समयदेखि घनश्याम भुसाल निकटका नेता भनेर चिनिएपनि गत स्थानीय निर्वाचनबाट घिमिरे पार्टीको संस्थापन पक्षको कित्तामा सक्रिय बनेका थिए । तर आसन्न निर्वाचनमा सुरुमा घिमिरेलाई टिकट दिएर पछि टिकट खोस्ने काम गरेर एमाले अध्यक्ष केपी ओलीको नजिक आएका घिमिरेलाई टाढा धकेल्ने काम गरेका छन् ।

घिमिरेमाथि एमाले नेतृत्वले गरेको मजाकबाट राष्ट्रियसभामा रहेको एमालेको एउटा सिट गुमेको मात्र छैन एक जनप्रिय नेताको विश्वास समेत पार्टी नेतृत्वले गुमाएको छ । स्थानीय तह निर्वाचनमा स्थानीय पार्टी कमिटीले वासुदेव घिमिरेलाई नै नगर प्रमुखमा दोहो¥याउनु पर्ने माग गरेपनि पार्टी केन्द्रले उनलाई नगर प्रमुखमा उठ्नबाट बन्चित गराएको थियो । घिमिरेले आफ्ना अधुरा कामहरु पुरा गर्न पुनः नगर प्रमुख बन्न चाहन्थे । तर, उनलाई त्यतिबेला रोकियो । तर, अहिले पुनः प्रतिनिधिसभामा उम्मेदवार बन्न रोक्न खोज्ने नेतृत्वको खोटका कारण राष्ट्रियसभामा एमालेको एक सीट नै गुमेको छ ।

स्थानीय तहमा लोकप्रिय काम गरेर देशभरबाट स्याबासी कमाएका घिमिरेलाई कमजोर बनाएर महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णु पौडेलमाथि प्रहार गर्न खोजेको एमाले भित्रै चर्चा चलेको छ । घिमिरेको लोकप्रियतालाई क्यास गरेर विष्णु पौडेलले चुनाव सजिलै जित्ने अवस्था सिर्जना भएपछि महासचिवले अध्यक्ष ओलीलाई विश्वासमा लिएर उनको टिकट खोस्ने प्रयास गरेको एमाले स्रोतले दाबी गरेको छ । यद्यपी निर्वाचन आयोगले पहिले उम्मेदवारी दर्ता गरेका वासुदेवको उम्मेदवारी कायम गरेर ओली र महासचिवका विश्वास पात्र खिमलाल भट्टराईको उम्मेदवारी खारेज गरिदिएपछि घिमिरेलाई कमजोर बनाएर उपाध्यक्ष पौडेलमाथि गर्न खोजिएको प्रहार बीचबाटोमै तुहिएको छ । आयोगको पछिल्लो निर्णयबाट राष्ट्रियसभामा एमालेका सचेतक खिमलाल भट्टराईको पद भने गुमेको छ ।

उक्त निर्वाचन क्षेत्रमा निर्वाचन लड्नका लागि शनिवार अपराह्न नेकपा एमालेले लुम्बिनी प्रदेश सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख वासुदेव घिमिरेलाई टिकट दिएकोमा आइतबार दिउँसो मात्रै उनको टिकट खोसेर खिमलाल भट्टराईलाई दिएको थियो ।

शनिवार पार्टीको आधिकारिक पत्र बुझेका घिमिरेले आइतबार दिउँसो साढे ३ः३० बजे मनोनयन दर्ता गरेकोमा अपराह्न पौने ५ बजे अध्यक्षको ठाडो आदेश भन्दै अर्को पत्र लिएर एमाले पोलिटब्युरो सदस्य समेत रहेका खिमलाल भट्टराईले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।

राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर भट्टराईले यसअघि वासुदेव घिमिरेलाई दिएको पत्र भुलवश भन्दै पार्टीको अर्को पत्रसहित दर्ता गराएको भएपनि निर्वाचन आयोगले भट्टराईको दाबीलाई खारेज गरी घिमिरेको उम्मेदवारी कायम गरेको छ । निर्वाचन ऐन बमोजिम पहिलो दर्ता हुन आएको उम्मेदवारलाई आधिकारिकता दिने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले खबरकुरालाई बताए । नेता घिमिरेले पनि आयोगबाट आफूलाई आधिकारिक उम्मेदवारको टुंगो लागेको बताए । टिकट खोस्नेहरुले चुनावमा सहयोग गर्लान त भन्ने खबरकुराको प्रश्नमा एकदुईदिन असन्तुष्टि पोखिएपनि पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउनुको विकल्प नरहेको उनले बताए । निर्वाचन अघि टिकट दिने लिने सम्बन्धमा कुनै प्रतिक्रिया नजनाउने उल्लेख गर्दै पार्टीले समीक्षा गर्ने पनि उनले बताए ।

निर्वाचन ऐनअनुसार दलले उम्मेदवारर्लाइ औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यत्तिःका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोनयनपत्र पेश भएमा पहिले मनोनयन पत्र दर्ता गर्ने व्यक्तिको मनोनयन कायम हुने उल्लेख छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ६ : ०० बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज