२९ मंसिर २०८२, सोमबार | December 16, 2025

मधेशमा जताततै एमालेका बागी उम्मेदवार, जसपासँगको तालमेल कार्यान्वयन धरापमा



काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । पार्टीमा असन्तुष्ट बनेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

अधिकांश राजनीतिक दलका नेताले स्वतन्त्र र बागी उम्मेदवारी दर्ता गरेका छन् । मधेश प्रदेशमा एमाले केही नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

हालसम्म प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्यका लागि आठ जना र प्रदेशसभाका लागि १७ जना एमाले नेताको स्वतन्त्र उम्मेदवारी परेको छ । जसपासंगको चुनावी तालमेलबाट असन्तुष्ट बनेका एमाले नेताहरुले जसपाको भागमा परेका अधिकांस स्थानहरुमा बागी उम्मेदवारी दिएका हुन् ।

यी हुन् स्वतन्त्र उम्मेदवारी दिने एमाले नेताहरु :

प्रतिनिधिसभा तर्फः

प्रभु साह, रौतहट –३
किरण साह, रौतहट–२
प्रदिप साह, रौतहट–४
रामआधार कापड, महोत्तरी –३
मानबहादुर खडका, सर्लाही–१
किशोरी साह, धनुषा–१
कृष्ण कुमार महतो, धनुषा –४
सन्तोष श्रेष्ठ, पर्सा –१

प्रदेशसभा तर्फ

चन्द्रभुषण साह, सर्लाही १ (क)
रेनुका पोडेल, सर्लाही ३ (क)
उमेश कुशवाहा, बारा ४ (ख)
केशव राय चौधरी, रौतहट ३ (क)
कुन्दन कुशवाहा, रौतहट ३ (ख)
राजेश चौधरी, रौतहट १ (ख)
मनोज यादव, रौतहट १ (ख)
मुजिम राय, महोत्तरी ३ (क)
सुनिल रोहित, महोत्तरी ३ (ख)
गोपाल प्रसाद यादव, सिरहा ३ (ख)
योगेश सिंह, सिरहा २ (ख)
प्रमोद महतो, महोत्तरी १ (ख)
देवराज घिमिरे, बारा १ (क)
जयन्त कुशवाहा, बारा १ (ख)
कदम रसुल, पर्सा– (ख)
प्रह्लाद गुप्ता, पर्सा ४ (ख)
विनोद लामा, पर्सा २ (क)

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ०० बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको