४ पुस २०८२, शुक्रबार | December 20, 2025

भीम रावलले भने, ‘उचित समयमा बोल्ने छु’, कमल थापालाई सुर्य चिन्ह दिएकोमा आपत्ति



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अछामवाट सिफारिस हुदाँहुदैँ पनि नेकपा एमालेले टिकट नदिएको बिषयलाई लिएर उचित समयमा बोल्ने जनाएका छन ।

१० बुदेँ पक्षधर भएका कारण रावलले गृह जिल्ला अछामवाट टिकट नपाएको भन्ने चौतर्फी बहस चलिरहदाँ रावलले सो वारेमा समय आए पछि आफै बोल्ने जनाएका हुन ।

‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन’ रावलले सोमवार साँझ ट्वीट गर्दै भनेका छन, ‘मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कु–नियत हो। उचित समयमा बोल्ने नै छु।’

रावलले गत महाधिवेसनमा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्ष पदमा ओलीसँग पराजित भएका रावललाई केन्द्रिय सदस्यमा मनोनित गरे पनि नयाँ कमिटी सदस्यको हैसियतमा सपथ भने लिएका थिएनन । उनी क्षेत्र, जिल्ला प्रदेशवाट प्रतिनिधिसभाका लागि एकल सिफारिसमा परेपनि केन्द्रले भने माओवादी परित्याग गरिआएका झपट रावललाई टिकट दिएको छ । रावललाई टिकट नदिई बोहोरालाई दिएपछि एमालेसहित राष्ट्रिय राजनीतिमा रावल चर्चाको बिषय बनेका छन ।

सोही बिषयलाई लिएर अर्का नेता घनश्याम भुषालले पार्टी परित्याग गरे पनि रावलले भने पार्टी परित्याग नगरी आन्तरिक संघर्ष गर्ने जनाउँदै आएका छन ।

कमल थापालाई सुर्य चिन्ह दिएकोमा रावलको आपत्ति

एमाले नेता रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई सुर्य चिन्ह दिएको प्रति आपत्ति जनाएका छन ।

मकवानपुर–१ का उम्मेदवार थापाले नेकपा एमालेको सुर्य चुनाव चिन्हवाट उम्मेदवार भएपछि रावलले ‘अनैतिकताको नमूना’ भन्दै आपत्ति जनाएका हुन । उनले एमालेसँग चुनावी गठबन्धन गरेको जनता समाजवादी पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहिरहेको विषयलाई पनि ‘अनौतिक’ भनेका छन ।

‘कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्रने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसंग गर्ने ?,’ रावलले भनेका छन, ‘निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने। यस्तैलाई एमालेले बोक्ने ! के हुन लाग्यो !’

रावलले थापालाई दिएको सुर्य चिन्ह र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा नै रहिरहेको बिषयलाई सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको