१२ असार २०८३, शुक्रबार | June 26, 2026

भीम रावलले भने, ‘उचित समयमा बोल्ने छु’, कमल थापालाई सुर्य चिन्ह दिएकोमा आपत्ति



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अछामवाट सिफारिस हुदाँहुदैँ पनि नेकपा एमालेले टिकट नदिएको बिषयलाई लिएर उचित समयमा बोल्ने जनाएका छन ।

१० बुदेँ पक्षधर भएका कारण रावलले गृह जिल्ला अछामवाट टिकट नपाएको भन्ने चौतर्फी बहस चलिरहदाँ रावलले सो वारेमा समय आए पछि आफै बोल्ने जनाएका हुन ।

‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन’ रावलले सोमवार साँझ ट्वीट गर्दै भनेका छन, ‘मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कु–नियत हो। उचित समयमा बोल्ने नै छु।’

रावलले गत महाधिवेसनमा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्ष पदमा ओलीसँग पराजित भएका रावललाई केन्द्रिय सदस्यमा मनोनित गरे पनि नयाँ कमिटी सदस्यको हैसियतमा सपथ भने लिएका थिएनन । उनी क्षेत्र, जिल्ला प्रदेशवाट प्रतिनिधिसभाका लागि एकल सिफारिसमा परेपनि केन्द्रले भने माओवादी परित्याग गरिआएका झपट रावललाई टिकट दिएको छ । रावललाई टिकट नदिई बोहोरालाई दिएपछि एमालेसहित राष्ट्रिय राजनीतिमा रावल चर्चाको बिषय बनेका छन ।

सोही बिषयलाई लिएर अर्का नेता घनश्याम भुषालले पार्टी परित्याग गरे पनि रावलले भने पार्टी परित्याग नगरी आन्तरिक संघर्ष गर्ने जनाउँदै आएका छन ।

कमल थापालाई सुर्य चिन्ह दिएकोमा रावलको आपत्ति

एमाले नेता रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई सुर्य चिन्ह दिएको प्रति आपत्ति जनाएका छन ।

मकवानपुर–१ का उम्मेदवार थापाले नेकपा एमालेको सुर्य चुनाव चिन्हवाट उम्मेदवार भएपछि रावलले ‘अनैतिकताको नमूना’ भन्दै आपत्ति जनाएका हुन । उनले एमालेसँग चुनावी गठबन्धन गरेको जनता समाजवादी पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहिरहेको विषयलाई पनि ‘अनौतिक’ भनेका छन ।

‘कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्रने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसंग गर्ने ?,’ रावलले भनेका छन, ‘निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने। यस्तैलाई एमालेले बोक्ने ! के हुन लाग्यो !’

रावलले थापालाई दिएको सुर्य चिन्ह र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा नै रहिरहेको बिषयलाई सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : ०२ बजे

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

सीमाविद् श्रेष्ठलाई भीमसेन थापा पुरस्कार

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका