३० श्रावण २०८३, शनिबार | August 15, 2026

लिला गिरी लुम्बिनीमा एमालेबाट मुख्यमन्त्रीको दौडमा



बुटवल ।लुम्बिनी प्रदेशसभा सदस्यमा उम्मेदवारी मनोनयनसँगै एमालेबाट सम्भावित मुख्यमन्त्रीको परिदृश्य देखिएको छ । एमाले पोलिटब्यूरो सदस्य लिला गिरी मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसअघिको प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका गिरी एमालेले अहिले उठाएका उम्मेदवारमा सबैभन्दा सिनियर हुन् । उनले रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट उम्मेदवारी दिएका छन् । एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरीको अबको प्रयास मुख्यमन्त्री बन्ने रहेको छ । अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट उम्मेदवारी दिएका छन् । उनी पनि एमाले लुम्बिनी प्रदेश कमिटीको सहइन्चार्ज छन् ।

ुप्रदेशसभामा सांसद र मन्त्री भई निष्कलंक छविको रुपमा परिचय बनाएका व्यक्ति प्रदेशसभा सांसद मात्र हुन प्रदेशमा फेरि जाने कुरा भएनु, उनीनिकट एक नेताले भने, ुप्रदेशमै एमालेको सरकार बन्ने अवस्था आएमा गिरी नै मुख्यमन्त्रीका लागि सम्भावित दावेदार हुन् ।ु

गिरी २०६४ सालको संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार भई कांग्रेस नेता बालकृष्ण खाणसँग थोरै मतले पराजित भएका थिए । गत प्रदेशसभाको निर्वाचनमा उनी क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाटै विजयी भएका थिए ।

एमालेले यो क्षेत्रमा जसपा र राप्रपासँग चुनावी तालमेल गरेको छ । ‘काम गरिरहेको ठाउँमा अझै भूमिका बढाउँ भन्ने लागेको छ । तर, पार्टीले गर्ने निर्णयमा हिँड्नुपर्छ’, गिरीले भने ।

लुम्बिनीमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यत्रय जोखबहादुर महरा, सुदर्शन बराल र वामदेव क्षत्री मुख्यमन्त्रीका सम्भावित दावेदार हुन् । कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, प्रदेश सभापति अमरसिंह पुन र हालका प्रदेशमन्त्री डिल्ली चौधरी मुख्यमन्त्रीका प्रमुख आकांक्षी हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी पनि सके प्रतिनिधिसभामा, नभए मुख्यमन्त्रीको सुनिश्चितासहित प्रदेशसभामै चुनाव लड्न चाहन्थे । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले टिकट पाए ।

गत निर्वाचनमा निर्वाचित भएको रोल्पा (क) कांग्रेसको भागमा परेपछि केसीले रोल्पा (ख) मा जाने प्रयास गरेका थिए । तर, माओवादी केन्द्रले उक्त क्षेत्रमा जोखबहादुर महरालाई टिकट दियो ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ११ : ५४ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर