८ पुस २०८२, मंगलबार | December 24, 2025

बाँके क्षेत्र नम्बर ३ का एमाले चुनावी कमाण्डर डा. बाबुराम



खजुरा । नेकपा एमाले बाँकेको क्षेत्र नम्बर ३ मा ७८ वर्षिय निवर्तमान प्रदेशसभा सदस्य डा. बाबुराम गौतमको कमाण्डमा निर्वाचन कमिटी बनाएको छ । एमालेको बाँके क्षेत्र नं ३ को क्षेत्रीय कमिटीको आज सम्पन्न बैठकले डा. गौतमलाई चुनावी कमाण्डर बनाएको हो ।

डा. गौतम संयोजक रहेको कमिटीमा नन्द बिश्वकर्मा र पदम धिताल सह– संयोजक र करिम खान सचिव रहने गरि ३८१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख सतिस निरौलाले जनाएका छन् । सह संयोजक बनाइएका पदम धितालले हिजो मात्र उम्मेदवारी चयन प्रति असन्तुष्टि जनाउँदै पार्टीबाट राजीनामा दिएका थिए । आजको बैठकमा उनी उपस्थित थिएनन् । प्रचार विभाग प्रमुख निरौलाले भने धितालकै सहमतिमा सह संयोजक राखिएको दाबी गरे । ‘उहाँको राजीनामा फिर्ता भै सक्यो, बिरामी भएर नआउनु भएको हो, सहमतिमा नै सह संयोजक बनाइएको हो ।’ उनले भने ।

निरौलाका अनुसार बैठकद्वारा जिल्ला प्रचार बिभाग प्रमुख सतिश निरौला संयोजक र सचिवालय सदस्य किशोर थापा सह– संयोजक रहने गरी प्रचार प्रसार उपसमिती, किरण ढकाल संयोजक रहेको घोषणा पत्र निर्माण समिती, दिपकराज अधिकारी संयोजक बिज्ञान कक्षपती र इन्द्रबहादुर थापा सह– संयोजक रहेको आर्थिक उपसमिति, तिलकवीर सुनार संयोजक रहेको युवा परिचालन समिति बिमल मल्ल संयोजक रहेको बिद्यार्थी परिचालन समिति समेत गठन गरिएको छ ।

बैठकले सम्पुर्ण पार्टी पङ्तिलाई एकढिक्का भएर निर्वाचनको अभियानमा जुट्न आव्हान गरेको छ, असोज २७ गते प्रदेशको बैठक र ३१ गतेसम्म क्षेत्र भरिका सबै वडा कमिटीहरु बैठक सम्पन्न गर्ने निर्णय बैठकद्वारा गरिएको पनि निरौलाले बताए ।

एमालेले बाँके ३ मा प्रतिनिधिसभामा जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति र बाँके ३ (क) मा रत्न खत्री र बाँके ३(ख) मा भिम ओलीलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : २१ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना