४ पुस २०८२, शुक्रबार | December 20, 2025

नरैनापुरको बाढी प्रभावित क्षेत्रमा बाँकेका प्रजिअ, भत्किन लागेको बाँधको तटबन्ध तत्काल सुरु गर्न स्थानीयको माग



नरैनापुर । अविरल वर्षाद्का कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नं ७ र नरैनापुर गाँउपालिकाको वडा नं ६ मा सिक्टाले बनाएको बाध भत्किन थाले पछि स्थानीयहरु त्रासित बनेका छन् ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको आग्रहमा मंगलबार प्रमुख जिल्ला अधिकरी सूर्य बहादुर खत्री, प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी, नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल सहितको टोलीले भत्किन थालेको बाधको स्थलगत अनुगमन गरेका छन् । अवलोकन गर्न पुगेका प्रजिअ खत्रीले तत्काल बाँधको तटबन्ध मरमत र निर्माण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयहरु संग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी खत्रीले नरैनापुरको अवस्था दर्दनाक रहेकोले गृह मन्त्रालय मार्फत बाढी प्रभावितहरुको समस्या समाधानका लागि पहल गर्ने जनाए ।

नरैनापुर गाँउपालिका अध्यक्ष शाहले राप्ती सोनारी र नरैनापुरका नागरिकले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरे । बाढी प्रभावितहरुलाई तत्काल राहात दिन अनुगमन टोलीलाई उनले आग्रह पनि गरे । अध्यक्ष शाहले सिक्टाले बनाएको बाध पूर्ण रुप फुटेको खण्डमा ठूलो मानवीय क्षति हुन सक्ने भएकोले उक्त बाध मर्मतका प्राविधिहरु तत्काल खटाउन माग गरे ।

निरन्तर रुपमा परी राखेको पानीका कारण नरैनापुरमा तिन हजार घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्षरुपमा पीडित हुन पुगेको अनुगमन टोलीलाई प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी गराएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको