४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

आजको मौसम : देशभरको मौसममा बदली, पूवी र मध्यक्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं । आज प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पनि प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि बिहीबार प्रदेश १, मधेस र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वाग्मती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : २३ बजे

कोरला नाकामा डिप बोरिङ प्रविधिबाट खानेपानी

मुस्ताङ । उत्तरी कोरलानाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं । चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको

स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज जारी खेलमा

कामु प्रधानन्यायाधीशको आदेशपछि ‘दरपिठ’ निवेदन दर्ता हुने

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई गरिएको सिफारिसविरुद्ध दायर रिट

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार