१२ असार २०८३, शुक्रबार | June 26, 2026

रुपन्देही-१ मा घनश्याम भुसाललाई समर्थन गर्दै, एमाले छाड्दै



बुटवल । एमाले परित्याग गरेका बाम नेता घनश्याम भुसाललाई समर्थन गर्दै रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गत रोहिणी गाँउपालिकाका एमाले नेता कार्यकर्ताहरुले एमाले परित्याग गर्न शुरु गरेका छन् । भुसाललाई समर्थन गर्दै पार्टी त्याग गर्नेहरमा पूर्व गाँउपालिका अध्यक्ष देखि लुम्बिनी प्रदेश कमिटी सदस्य सम्मका नेता कार्यहर्ताहरु छन् ।

एमाले प्रदेश कमिटीमा रहेका २ जना सदस्य सहित ३१ जनाले पार्टी परित्यागको घोषणा गर्दै भुसाललाई समर्थन गरेका हुन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तरगतका रोहिणी गाउपालिकाका निवर्तमान गाउपालिका अध्यक्ष सनोज कुमार यादवको नेतृत्वमा ३१ जनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

राजिनामा दिनेमा पार्टीका प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउपालिका सचिव इन्द्रजीत कुमार राय लगायत रहेका छन ।

पार्टीमा नीति भन्दा ब्यक्ती हावी भएको र स्थानिय तह निर्वाचना बिपक्षीलाई सहयोग गरेको उनीहरुकामे राजीनामा पत्रमा उल्लेख गरिएको छ । राजीनामा पत्रमा पार्टीमा अध्यक्ष ओलीको निरंकुशता, इमान्दार नेताहरुलाई पाखा लगाउनु, पार्टीभित्र चरम गुटबन्दी गर्नु तथा स्थानीयतह निर्वाचनमा विपक्षिलाई सहयोग गर्न बाध्य पारिनु जस्ता बिकृति आएका कारण पार्टी परित्याग गर्नु परेको उल्लेख छ ।

आसन्न निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धन भइ प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेका छविलाल विश्वकर्मा, प्रदेश सभा सदस्यको लागि एमालेकै दधिराम न्यौपाने र राप्रपाका आशिश चौधरीले उम्मेदवारी दिएका छन् ।

यस्तै एमाले परित्याग गरि प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुषालको प्यानलमा नेपाली कांग्रेसका विश्वनाथ यादव र अब्दुल रज्जाक प्रदेश सभाका उम्मेदवारी दिएका छन । भुसाललाई सत्ता गठबन्धन दल सहित एमालेका असन्तुष्ट नेता कार्यकर्ताहरुको साथ रहेको भुसालको दाबी छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १ : ४० बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको