३ चैत्र २०८२, मंगलबार | March 17, 2026

एमाले बाँकेबाट पदम धितालको राजीनामा अस्विकृत, भोलिबाट धिताल प्रचारमा सक्रिय हुने



नेपालगन्ज । उम्मेदवारी प्रति असनतुष्टी प्रकट गर्दै एमालेबाट राजीनामा दिएका बाँकेका नेता पदम धितालको राजीनामा उमालले अस्विकृत गरेको छ । उनी सहित राजीनामा दिएका ३० बढी एमाले नेताहरुको राजीनामा एमालेले अस्विकृत गरेको हो ।

एमालेमा स्वेच्छाचारी बढेको र उम्मेदवारी वितरण गर्दा पक्षपात गरिउको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य धिताल सहित ३० बढी नेता तथा कार्यकर्ताहरुले पार्टीबाट राजीनामा दिएका थिए । राजीनामा अस्विकृत भएपछि खबरकुरासँग कुरा गर्दै नेता धितालले चित्त नबुझेपनि एमालेकै उम्मेदवारको प्रचारमा हिंड्नुको विकल्प नभएको बताए । उनले भोलिबाटै आफु सक्रियरुपमा एमाले उम्मेदवार जिताउन लाग्ने पनि जनाए ।

उनले गलत निर्णय भएपनि एमाले बाहेक अन्यत्र जाने ठाँउ नभएको उल्लेख गर्दै सही बिचारको समय आउँदा मुल्याँकन हुने विश्वास पनि व्यक्त गरे । बाबुराम गौतम र किस्मत कक्षपतिले उम्मेदवारी चयनमा जबरजस्ती गरेको धितालको आरोप छ ।

धिताल सहित बाँके क्षेत्र नम्बर ३ जानकी गाँउपालिकाका सिङ्गो पार्टी कमिटीले पार्टीमा राजीनामा बुझाएका थिए ।

उनी बाँके क्षेत्र नम्बर ३ मा प्रभावकारी नेताकारुपमा मानिन्छन् । पटक पटक साबिक खजुराखुर्द गाँउ विकास समितिको अध्यक्षमा निर्वाचित भएका धिताल जानकी गाँउपालिकामा जनाधार भएका नेतामा चिनिन्छन् ।

एमालेले बाँके ३ मा प्रतिनिधिसभामा किस्मत कक्षपति र प्रदेश (क)मा भिम ओली र (ख)मा रत्न खत्रीलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ६ : ४७ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड