८ पुस २०८२, मंगलबार | December 24, 2025

एमाले बाँकेबाट पदम धितालको राजीनामा अस्विकृत, भोलिबाट धिताल प्रचारमा सक्रिय हुने



नेपालगन्ज । उम्मेदवारी प्रति असनतुष्टी प्रकट गर्दै एमालेबाट राजीनामा दिएका बाँकेका नेता पदम धितालको राजीनामा उमालले अस्विकृत गरेको छ । उनी सहित राजीनामा दिएका ३० बढी एमाले नेताहरुको राजीनामा एमालेले अस्विकृत गरेको हो ।

एमालेमा स्वेच्छाचारी बढेको र उम्मेदवारी वितरण गर्दा पक्षपात गरिउको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य धिताल सहित ३० बढी नेता तथा कार्यकर्ताहरुले पार्टीबाट राजीनामा दिएका थिए । राजीनामा अस्विकृत भएपछि खबरकुरासँग कुरा गर्दै नेता धितालले चित्त नबुझेपनि एमालेकै उम्मेदवारको प्रचारमा हिंड्नुको विकल्प नभएको बताए । उनले भोलिबाटै आफु सक्रियरुपमा एमाले उम्मेदवार जिताउन लाग्ने पनि जनाए ।

उनले गलत निर्णय भएपनि एमाले बाहेक अन्यत्र जाने ठाँउ नभएको उल्लेख गर्दै सही बिचारको समय आउँदा मुल्याँकन हुने विश्वास पनि व्यक्त गरे । बाबुराम गौतम र किस्मत कक्षपतिले उम्मेदवारी चयनमा जबरजस्ती गरेको धितालको आरोप छ ।

धिताल सहित बाँके क्षेत्र नम्बर ३ जानकी गाँउपालिकाका सिङ्गो पार्टी कमिटीले पार्टीमा राजीनामा बुझाएका थिए ।

उनी बाँके क्षेत्र नम्बर ३ मा प्रभावकारी नेताकारुपमा मानिन्छन् । पटक पटक साबिक खजुराखुर्द गाँउ विकास समितिको अध्यक्षमा निर्वाचित भएका धिताल जानकी गाँउपालिकामा जनाधार भएका नेतामा चिनिन्छन् ।

एमालेले बाँके ३ मा प्रतिनिधिसभामा किस्मत कक्षपति र प्रदेश (क)मा भिम ओली र (ख)मा रत्न खत्रीलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ६ : ४७ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना