१८ माघ २०८२, आइतबार | February 1, 2026

एमाले क्षेत्र नं. ५ को चुनावी कमाण्डर खिमलाल भट्टराई



लुम्बिनी । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमाले निर्वाचन परिचालन कमिटीको नेतृत्व पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले लिएका छन ।

पार्टी क्षेत्रीय समन्वय कमिटीको बिहीबार गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलाले पोलिटब्यूरो सदस्य भट्टराईको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

कमिटीको सदस्यमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा विभिन्न कमिटीमा रहेका नेताहरु रहेका छन् । अगुवा कार्यकर्ता भेलाले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि वडा तहसम्म निर्वाचन परिचालन कमिटी गठन गर्नुको साथैं नेता/कार्यकर्ताहरुको जिम्मेवारी बाँडफाँट समेत गरेको छ । भेलाले पार्टीका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बासुदेव घिमिरे तथा प्रदेशसभाका उम्मेदवारद्धय भूमिश्वर ढकाल र रामचन्द्र यादवलाई जिताउन सिङ्गो पार्टीपंक्ति एकताबद्ध भएर जनतामाझ जाने निर्णय पनि गरेको छ ।

भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीका उम्मेदवारलाई जिताउन आ-आफ्नो ठाउँबाट सशक्त भूमिका निर्वाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै उम्मेदवारी चयनमा सन्दर्भमा देखापरेको समस्याको उचित समयमा समीक्षा हुने स्पष्ट पारे ।
यस्तै पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले अब आफूले विगत नसम्झिने स्पष्ट पार्दै पार्टीका उम्मेदवारलाई जिताउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने र सोहीअनुसार चुनावी अभियानमा जुट्न अगुवा कार्यकर्तालाई आग्रह गरे । पार्टी राजनीतिमा व्यक्ति प्रधान नहुने बताउँदै उहाँले लोकतन्त्रलाई अघि बढाउन एमालेको जीत आवश्यक रहेकोले निर्धक्क भएर जनताको घर-घरमा जान अगुवा कार्यकर्तालाई निर्देशन दिए । पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले विगतलाई बिर्सेर चुनावी अभियानमा जुट्नुको विकल्प नभएको बताउँदै पार्टीको निर्णयलाई शिरोधार्य गरेर अघि बढ्नुपर्ने बताए ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले विगतमा आफू नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई मुलुककैं उत्कृष्ट नगरपालिका बनाएको स्मरण गर्दै विकासको धेरै सम्भावना बोकेको क्षेत्र नं. ५ लाई पनि उत्कृष्ट र विकासको नमूना बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादव, भूमिलाल सापकोटा, पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला सदस्य हेमा बस्याल, क्षेत्रीय संयोजक जीवनाथ पाण्डे, सहसंयोजक कृष्ण घिमिरे, सचिव भरतमणि सापकोटालगायतले बोलेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ५ : २९ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि