२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

जस्ले टिकट खोस्न जालझेल गरे उनैलाई बनाइयो चुनावी कमाण्डर



बुटवल । नेकपा एमालेले रूपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले उम्मेदवार बनेका बासुदेव घिमिरेको टिकट खोस्न जालझेल गर्ने व्यक्तिलाई नै चुनावी कमाण्डर बनाइएको छ । घिमिरेले मनोनयन दर्ता गरिसकेपछि झेल गरेर टिकट खासिएको चिट्ठी बोकरे अर्को उम्मेदवारी दर्ता गर्न पुगेका खिमलाल भट्टराईलाई नै निर्वाचन परिचालन कमिटीको कमाण्डर बनाइएको हो ।

एमालेको ५ नम्बर क्षेत्रीय समन्वय कमिटीको बिहीबार गैंडहवामा बसेको अगुवा कार्यकर्ता भेलाले पार्टीका पोलिटब्यूरो सदस्य रहेका भट्टराईको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयरलाई टिकट दिएर उम्मेदवारी दर्ता गरिसकेपछि हतारमा राट्रियसभामा राजीनामा बुझाएर टिकट खोस्न पुगेका भट्टराईलाई निर्वाचन अधिकृतको कार्यालयले अस्विकार गरेपछि उनै भट्टराईलाई चुनावी कमाण्डर बनाइएको हो ।

पछिल्लो समय एमाले उपाध्यक्ष विष्णुपौडेल निकट रहेका बासुदेवको टिकट खोसेर पौडेललाई कमजोर बनाउने योजना अन्तर्गत एमाले महासचिव शंकर पोखरेल, सोही क्षेत्रका प्रदेशसभा उम्मेदवार भुमिश्वर ढकाल, प्रचार विभागका विष्णु रिमाल र भट्टराईको योजनामा अकस्मात टिकट खोस्ने योजना बनेको एमाले स्रोतले दाबी गरेको छ । निर्वाचन कार्यालयले योजना असफल पारिदिएपछि रुपन्देही ५ मा जनाधार भएको भनिएका भट्टराईलाई चुनावी संयोजक बनाएर एमालेमा तत्काल देखिन सक्ने विवादलाई मत्थर पार्न खोजिएको स्रोतले जनायो ।

तत्कालका लागि विवाद मत्थर पार्न भट्टराईलाई चुनाव परिचारन कमिटीको कमाण्डर बनाइएको एमाले उपाध्यक्ष पौडेको भाषणबाट पनि स्पष्ट हुन्छ । उनले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उम्मेदवारी चयनका सन्दर्भमा देखापरेको समस्या उचित समयमा समीक्षा हुने बताएसागै एमाले भित्रको विवाद रहेको पुष्टि भएको छ । फेरिपनि पौडेलले निर्वाचन परिचालनको जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न खिमलाल सहित कार्यकर्ताहरुलाई निर्देशन दिए।

मलिन अनुहारका साथ भेलामा उपस्थित निर्वाचन परिचालन कमिटीको संयोजक भट्टराईले अब आफूले विगत नसम्झी भोलिको लागि सम्झेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले पार्टी राजनीतिमा व्यक्तिभन्दा देश र जनता प्रधान हुने भएकोले सोही अनुसार जनताको घर-घरमा जान अगुवा कार्यकर्तालाई निर्देशन दिए।

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १० : १६ बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक