७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

मनसुन बाहिरिदै, एक साता घमाइलो हुने



काठमाडौं । नेपालबाट मनसुन बाहिरिन थालेसँगै देशभर घमाइलो हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन-चार दिन मुलुकमा भारी वर्षाको सम्भावना छैन ।

प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन बाहिरिसकेको छ । पूर्वी भूभागमा भने आज पनि मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : १० बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा