२३ बैशाख २०८३, बुधबार | May 7, 2026

गौतमबुद्ध विमानस्थलको रोजगारीमा स्थानीयको अग्राधिकार : गृहमन्त्री खाँण



बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीयले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न बन्न सक्काले नयाँ रोजगारी खुल्दा स्थानीयले रोजगारीमा प्राथमिकता पाउने बताएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले भैरहवामा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणलेअन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयले प्राथमिकता पाउने बताएका हुन् ।

स्थानीयले जमिन नदिएको भए विमानस्थल असम्भव रकेको उल्लेख गर्दै खाँणले विमानस्थल निमार्णका लागी पुस्तौदेखि बस्दै आएको जग्गा दिएर योगदान पुर्याएकाहरुले हरेक अवसरमा पहिलो प्राथमिकता स्थानीयले पाउनु पर्ने बताए । उनले भने, ‘स्थानीयले मुआब्जा लिएर भए पनि विमानस्थल बनाउन गरेको सहयोग सरकार र कसैले पनि विर्सिनु हुँदैन ।’

उनले बिमानस्थलमा कार्गो सचांलनका लागि पहल भैरहेको जनाउँदै उनले कार्गो संचालनमा आएपछि यहाँको कृषि तथा औद्योगिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुुर्याएर स्थानीयले लाभ लिन सक्ने बताए ।

‘यसले स्थानीयलाई उत्पादनमा अभिप्रेरित गर्छ, आत्मनिर्भर बनाउँछ, विदेशी मुद्रा आर्जन हुन्छ र स्थानीयसँगै मुलुकको अर्थतन्त्रमा टेवा पुग्छ’, उनले भने ।

खाँणले लोकतन्त्र र संविधानको रक्षाका लागि वर्तमान गठबन्धन बनेको बताए ।

गृमनत्री खाँण आफ्नो निर्वाचन अभियानलाई सफल बनाउन अहिले रुपन्देही मै बसेर चुनावी प्रचार अभियानमा जुटेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : १७ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा