३० पुस २०८२, बुधबार | January 14, 2026

ट्याक्सी र मोटरसाइकल ठक्कर खाँंदा एकजनाको मृत्यु



भक्तपुर । भक्तपुरको पुरानो थिमी बाहाखा बजार भीमसेन चोकमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

सानोठिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ८३ प ५४४८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक नुवाकोट घर भई हाल काठमाडौं कपन बस्ने वर्ष ३१ का दिपेन्द्र पण्डित गम्भीर घाइते भई उपचारका लागि कोरियन अस्पताल थिमी पठाइएको थियो ।

प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पठाइएकोमा उपचारकै क्रममा आइतबार उनको निधन भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको टोली खटिई गई अनुसन्धान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्याक्सी चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका-१० बस्ने वर्ष ३९ का सुन्दर गोर्खाली वृत ठिमीको नियन्त्रणमा रहेको परिसका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १ : ५९ बजे

पार्टीको एकता जोगाउन सभापति देउवा लचक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, किन भैरहेको छ दैनिक वृद्धि ?

काठमाडौं । पछिल्ला केही दिनदेखि लगातार उकालेको रेकर्ड बनाउँदै आएको

सानेपामा केन्द्रीय कार्यसमिति बैठक सुरू हुँदै, विशेष महाधिवेशन पक्ष भृकुटीमण्डपमा

काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्ला दिनमा तीव्र बनेको आन्तरिक विवादका

नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ बरामद

सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८०

पाल्पाको जोर्तेमा टिपर दुर्घटना, एकजनाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर