१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

डबल नकआउट ब्याडमिन्टन प्रतियोगिताको उपाधि बर्दघाटलाई



बुटवल । रुपन्देहीको शुद्धोधनमा आयोजना गरिएको प्रथम भेट्रयान्स कप ईन्डोर मेन्स डबल नकआउट ब्याडमिन्टन प्रतियोगिताको उपाधि बर्दघाट ब्याडमिन्टन क्लबले प्राप्त गरेको छ ।

फर्साटिकर स्पोट्सको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा सेमलार ब्याडमिन्टन क्लबका भरत थापा मगर र राम थापाको टिमलाई हराउँदै बर्दघाटका बेल छन्त्याल र करन विकको टिम बिजयी भएको हो ।

सेमलारलाई २१–११,२१–१५ र २१–६ को सेटमा हराउँदै बर्दघाट बिजयी हुँदै १५ हजार पुरस्कार प्राप्त गरेको हो । यस्तै दोश्रो भएको समेलारले नगद ७ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा आयोजक फर्साटिकर स्पोट्सका स्याम पल्ली र खुम बहादुर खनाल तथा सैनामैना इन्डोर स्पोर्टसका जितु बोहोरा र विक्रम खत्री तेश्रो बन्दै नगद ३ हजार पुरस्कार प्राप्त गरेका छन ।

बिजेता टिमलाई शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल , फर्साटिकर स्पोट्सका अध्यक्ष नन्दलाल चौधरी , सञ्चालक जगनारायण चौधरी, वडाध्यक्ष केवल प्रसाद अधिकारी, दामोदर पङ्गेनीले पुरस्कार वितरण गरेका थिए । गाउँपालिकाका अध्यक्ष बस्यालको प्रमुख आतिथ्यतामा प्रतियोगिताको आयोेजना गरिएको हो । कार्यक्रममा बोल्दै उनले प्रतियोगिता निरन्तर सञ्चालन गर्नको लागि शुझाँब दिँदै प्रतियोगिता सञ्चालनको लागि गाउँपालिकाले सहयोग गर्ने समेत बताए ।

फर्साटिकर स्पोट्सका अध्यक्ष नन्दलाल चौधरीले शुद्धोधन गाउँपालिकामा ब्याडमिन्टन खेल लोकप्रिय बन्दै गएको र खेलाडीको संख्यामा पनि बृद्धि हुँदै गएको जानकारी दिए । उनले विभिन्न अवसरमा फर्साटिकर स्पोट्सले प्रतियोगिता सञ्चालन गरिने बताए ।

प्रतियोगितामा रुपन्देही , कपिबलस्तु र नवलपरासीका गरी २० टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मेख बहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ५ : ३८ बजे

नुवाकोटबाट बुटवल झर्दे गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका