१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुनार माओवादीमा



खजुरा । सत्ता गठबन्धनले लुम्बिनी प्रदेशसभामा नेकपा एकीकृत समाजबादीलाई शुन्य सिट दिएपछि असन्तुष्ट रहेका एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दलबहादुर सुनार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादीकी बाँके जिल्ला इन्चार्ज पूर्णाकुमारी सुवेदी र जिल्ला संयोजक डम्बर विक तुफानले सुनारलाई पार्टी प्रवेश गराएका हुन् ।

बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार आकांक्षी सुनारले सत्ता गठबन्धनको सिट बाँडफाँडमा उक्त क्षेत्र कांग्रेसलाई परेपछि प्रदेशमै पनि चुनाव लड्ने जानकारी नेतृत्वलाई गराएका थिए । तर, उक्त क्षेत्र माओवादीको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारीले माओवादी केन्द्रका प्रदेश उम्मेदवार आईपी खरेललाई असर परेको थियो ।

माओवादी केन्द्र भित्र आईपी खरेललाई दोहोराएर टिकट दिएको भन्दै असन्तुष्टी छरपस्त भएका बेला सुनार माओवादीमा प्रवेश गरेका हुन् ।

२०७० मा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका सुनार सिंचाई राज्यमन्त्री पनि भएका थिए । क्षेत्र नम्बर ३ को दलित समुदायमा सुनारको प्रभाव राम्रो रहेको बताइन्छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ४३ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत