२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने यी हुन् २६ निर्वाचन क्षेत्र



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा एक जना उम्मेदवारले प्रचार–प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ ।

पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले निर्वाचन प्रचार–प्रसारमा २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।

तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले जनही २९ लाख रुपैयाँसम्म प्रचार–प्रसारमा खर्च गर्न पाउनेछन् ।

चौंथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म प्रचार–प्रसारमा खर्च गर्न पाउनेछन् । पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रमा उम्मेदावरले भने ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

उम्मेदवारले प्रचार–प्रसारमा ३३ लाख रुपैयाँ खर्च गर्न पाउने २६ निर्वाचन क्षेत्रमा ताप्लेजुङ–१, पाँचथर–२, संखुवासभा–१, सोलुखुम्बु–१, खोटाङ–१, दोलखा–१, रामेछाप–१, काभ्रेपलाञ्चोक–१, काभ्रेपलाञ्चोक–२, मकवानपुर–१, मकवानपुर–२, गोरखा–१ र लमजुङ–१ रहेका छन् ।

यस्तै प्रतिनिध सभा निर्वाचन क्षेत्र अर्घाखाँची–१, रोल्पा–१, प्यूठान–१, दाङ–१, बर्दिया–१, बर्दिया–२, सल्यान–१, डोल्पा–१, हुम्ला–१, जाजरकोट–१, बझाङ–१, डोटी–१ र बैतडी–१ का उम्मेदवारले पनि ३३ लाख रुपैयाँ खर्च पाउनेछन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ४० बजे

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी

सरकारको जवाफ – ‘सातामा दुई दिन सार्वजनिक बिदा हट्दैन’

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज