३० पुस २०८२, बुधबार | January 14, 2026

प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने यी हुन् २६ निर्वाचन क्षेत्र



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा एक जना उम्मेदवारले प्रचार–प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ ।

पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले निर्वाचन प्रचार–प्रसारमा २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।

तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले जनही २९ लाख रुपैयाँसम्म प्रचार–प्रसारमा खर्च गर्न पाउनेछन् ।

चौंथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म प्रचार–प्रसारमा खर्च गर्न पाउनेछन् । पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रमा उम्मेदावरले भने ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

उम्मेदवारले प्रचार–प्रसारमा ३३ लाख रुपैयाँ खर्च गर्न पाउने २६ निर्वाचन क्षेत्रमा ताप्लेजुङ–१, पाँचथर–२, संखुवासभा–१, सोलुखुम्बु–१, खोटाङ–१, दोलखा–१, रामेछाप–१, काभ्रेपलाञ्चोक–१, काभ्रेपलाञ्चोक–२, मकवानपुर–१, मकवानपुर–२, गोरखा–१ र लमजुङ–१ रहेका छन् ।

यस्तै प्रतिनिध सभा निर्वाचन क्षेत्र अर्घाखाँची–१, रोल्पा–१, प्यूठान–१, दाङ–१, बर्दिया–१, बर्दिया–२, सल्यान–१, डोल्पा–१, हुम्ला–१, जाजरकोट–१, बझाङ–१, डोटी–१ र बैतडी–१ का उम्मेदवारले पनि ३३ लाख रुपैयाँ खर्च पाउनेछन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ४० बजे

नेकपा र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता पक्षधरबीच एकता घोषणा हुँदै

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, सहमति र कानुनी तयारीमा दुवै पक्ष सक्रिय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा

करोड खर्च गरेर ‘एसएमएस आतंक’ मच्चाउने सेढाईँ पक्राउ

काठमाडौं । राजावादी प्रदर्शनमा आउन भन्दै करोड खर्च गरेर सर्वसाधारणलाई

काठमाडौंबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौंबाट चुनावी अभियान सुरु

प्रधानन्यायाधीश राउत अस्वस्थ

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् । उनी