३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

रुपन्देही १ (ख) मा एमाले-राप्रपा र जसपाको संयुक्त भेला, १५१५ सदस्यीय चुनाव परिचालन कमिटी गठन



तिलोत्तमा । रुपन्देही क्षेत्र नंं १ का प्रतिनिधि सभा उम्मेदवार एवं पुर्व मन्त्री छविलाल विश्वकर्माले विकास,समृद्धि र राष्ट्रियताको रक्षाका लागि एमाले-राप्रपा-जसपा तालमेल भएको बताएका छन् ।

सत्तामा रहेका दलहरु एमालेसंग एक्लै लड्न डराएर गठबन्धन गरेर देशलाई दिशाहीन बनाएपछि मुलुकलाई सही मार्गमा डो¥याउन एमालेले पनि तालमेल गरेको विश्वकर्माको भनाई छ ।

रुपन्देही क्षेत्र नं १ (२) मा नेकपा एमाले-राप्रपा र जसपाको संयुक्त निर्वाचन प्रसार प्रसार कार्यालय तथा भेला उद्घाटन गर्दै एमाले सचिव समेत रहेका विश्वकर्माले घनश्याम भुसालतर्फ संकेत गर्दै एकपटक टिकट नपाउंदैमा पार्टी छाड्ने र आफनै पार्टीको सरकारलाई गिराउनेसंग सांठगांठ गर्न जानेलाई जनताले चुनावमा उचित जवाफ दिने बताए ।

सत्ता स्वार्थका लागि आफनै पार्टीको सरकारलाई ढालेर २३ सिटको कांग्रेसलाई सत्ता सुम्पनेहरुबाट देश विकासको आशा गर्न नहुने बताए । उनले रुपन्देही १ मा प्रतिनिधि सभा र प्रदेश सभाका दुबै क्षेत्रमा सत्ता गठबन्धन भन्दा करिब १५ हजार मतले एमाले-राप्रपा र जसपा गठबन्धन अगाडि रहेकाले शानदार जित निकाल्ने बताए ।

रुपन्देही १ (२) का प्रदेशसभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले जनताको माग अनुसार आफूले अघि सारेका विकासका योजनाहरु पुरा गर्न उम्मेदवार बनेको बताए ।

नेता न्यौपानेले टोलटोलमा पुगेर मतदातालाई सचेत बनाउनुपर्ने बताए । कार्यक्रममा प्रदेश १(१) का उम्मेदवार आशिषकुमार चौधरी, एमालेकी समानुपातिक उम्मेदवार जानकी न्यौपाने,जसपाका ब्यासमुन चौधरी लगायतले सत्ता गठबन्धनलाई चुनावमा परास्त नगरे देश बर्बादीको बाटोमा जाने बताए ।

१५१५ सदस्यीय चुनाव परिचालन कमिटी गठन

तीन दलको संयुक्त भेलाले नेकपा एमाले क्षेत्रीय संयोजक हिमाल पाण्डे संयोजक र राप्रपाका टोफेल पठान सहसंयोजक र सुरेन्द्र श्री सचिव रहेको रहेको १५ सय १५ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

यस्तै दुर्गाप्रसाद पाण्डेको संयोजकत्वमा आर्थिक,खेमराज गुरुङको संयोजकत्वमा युवा परिचालन,धनेश्वरी चौधरीको संयोजकत्वमा महिला,योगश पराजुलीको संयोजकत्वमा विद्यार्थी परिचालन कमिटी गठन भएको छ । रुपन्देही १ (२) को निर्वाचन प्रचार प्रसार कार्यालय कोटिहवास्थित एमाले पार्टी कार्यालयमा रहने छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ५ : २२ बजे

हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

मकवानपुर । हेटौँडा-वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक

माओवादी महाधिवेशन सकेर निर्वाचनको तयारीमा होमिन्छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको

ग्वार्को फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न

पार्टी महाधिवेशन २०८३ मा हुनेमा महामन्त्री थापा विश्वस्त

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महाधिवेशन