५ पुस २०८२, शनिबार | December 20, 2025

ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउँछन् : घनश्याम भुसाल



बुटवल । नेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउने गरेको टिप्पणी गरेका छन् ।

एमाले अध्यक्ष ओलीको विकास नीतिलाई ‘भ्यू टावरे विकास’को संज्ञा दिँदै नेता भुसालले लोकतन्त्र र विकासको विषयलाई ओलीले मजाक बनाएको आरोप लगाए। ‘ओलीले लोकतन्त्र र विकासको कुरा गर्दा मान्छे आजभोली हास्छन् । डाँडामा भ्यूटावर बनाउने ओलीको विकासको भाष्यले राज्यको साधनस्रोतको अनावश्यक खर्चमात्रै हुन्छ । बन्नुपर्ने ठाउँमा बन्दैन, नबन्नुपर्ने ठाउँमा बनिरहेको हुन्छ, यसले हाम्रो जस्तो गरिब मूलुकको गरिब जनताको अनावश्यक खर्च दोहन गर्ने गर्छ,’ भुसालले भने ।

अहिलेको चुनावी व्यवस्थाले नै दलहरुबीच गठबन्धन बनाउनुपर्ने अनिवार्य परिस्थिति खडा गरिदिएको बताउँदै भुसालले संविधान जोगाउनको लागी वाम लोकतान्त्रिक गठबन्धन बनेको बताए । उनले अहिलेको वाम लोकतान्त्री गठबन्धन संविधान जोगाउनेहरूको भएको बताए ।

रुपन्देही क्षेत्र नम्बर १ मा विकासका नाममा निर्माण हुने पूर्वाधारहरुलाई उत्पादन र रोजगारीमा जोड्नुपर्ने भुसालको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ६ : ३७ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा