१५ बैशाख २०८१, शनिबार | April 27, 2024

साबुनपानीले धुँदैमा केपी ओली सुध्रँदैनन् : माधव नेपाल



बुटवल । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमाले अध्यक्ष केपी ओली साबुनपानीले धुदैमा नसुध्रिने बताएका छन् । बुटवलमा भएको लुम्बिनी प्रदेशस्तरीय गठबन्धन अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफुहरुले पहिले नै केपी ओली नसुध्रने निश्कर्ष निकालेर निस्केपनि घनश्याम भुसालहरु साबुनपानीले धुने प्रयासमा लागेको बताए ।

नेपालले एमाले अध्यक्ष ओलीले नेपालमा रहेका सबै प्रतिगामीहरुलाई संगै लिएर हिँडेको आरोप लगाउँदै राजतन्त्र ब्युंताउनेहरुको साँठगाँठले ओली प्रतिगमनको बाटोमा हिँडेको पुष्टि हुने बताए ।

‘स्थानीय चुनावमा प्रतिगामीलाई जसरी पराजित गर्‍यौं त्यसलाई पूर्ण बनाउन आउने चुनावमा पनि उनीहरूलाई पराजित गर्नुको विकल्प छैन’, नेता नेपालले भने ।

सत्ता गठबन्धनको प्रयासले प्रतिगामीलाई ठेगान लगाएको दाबी गर्दै उनले यो अभियान नचालेको भए सबै उपलब्धि गुम्ने दाबी गरे । ओली हिटलर बन्न खोजेको उनको आरोप थियो ।

आफूहरुले गठबन्धन गरेर मुलुकलाई निकै ठूलो संकटबाट बचाएको उल्लेख गर्दै समाजवादी अध्यक्ष नेपालले ओलीमा नयाँ तानाशाहाको आरोप लगाए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : २६ बजे

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन