१३ असार २०८३, शनिबार | June 27, 2026

साबुनपानीले धुँदैमा केपी ओली सुध्रँदैनन् : माधव नेपाल



बुटवल । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमाले अध्यक्ष केपी ओली साबुनपानीले धुदैमा नसुध्रिने बताएका छन् । बुटवलमा भएको लुम्बिनी प्रदेशस्तरीय गठबन्धन अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफुहरुले पहिले नै केपी ओली नसुध्रने निश्कर्ष निकालेर निस्केपनि घनश्याम भुसालहरु साबुनपानीले धुने प्रयासमा लागेको बताए ।

नेपालले एमाले अध्यक्ष ओलीले नेपालमा रहेका सबै प्रतिगामीहरुलाई संगै लिएर हिँडेको आरोप लगाउँदै राजतन्त्र ब्युंताउनेहरुको साँठगाँठले ओली प्रतिगमनको बाटोमा हिँडेको पुष्टि हुने बताए ।

‘स्थानीय चुनावमा प्रतिगामीलाई जसरी पराजित गर्‍यौं त्यसलाई पूर्ण बनाउन आउने चुनावमा पनि उनीहरूलाई पराजित गर्नुको विकल्प छैन’, नेता नेपालले भने ।

सत्ता गठबन्धनको प्रयासले प्रतिगामीलाई ठेगान लगाएको दाबी गर्दै उनले यो अभियान नचालेको भए सबै उपलब्धि गुम्ने दाबी गरे । ओली हिटलर बन्न खोजेको उनको आरोप थियो ।

आफूहरुले गठबन्धन गरेर मुलुकलाई निकै ठूलो संकटबाट बचाएको उल्लेख गर्दै समाजवादी अध्यक्ष नेपालले ओलीमा नयाँ तानाशाहाको आरोप लगाए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : २६ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को